menu

ताजा समाचार

मोदीको भ्रमणको विरोधमा माओवादी छापामारद्वारा रेल्वे स्टेसनमा बम विष्फोट

हिजो  मार्च ३१ का दिन बिहानीपख, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले भारतको उडिसा राज्यस्थित -यागदा जिल्लाको दोइकाल रेल्वे स्टेसन समग्र कब्जा गरी बम विष्फोट गराएका छन् । राज्यमा प्रधानमन्त्री नरेद्र मोदीको आसन्न भ्रमणको विरोधमा गरिएको यो बम विष्फोटनले स्टेसन मास्टरको अफिस र  टिकट काउन्टर ध्वस्त भएको छ ।
 
३० जनाको सङ्ख्यामा गएका छापामारहरू दुई सेक्सनमा विभाजित भएका थिए र एउटा टिमले टिफिन बम रेल्वे  मास्टरको कोठामा  विष्फोट  गराएको  थियो  भने अर्को  टिमले रेल्वे स्टेसन वरिपरि बम विष्फोटन किन भन्ने विवरणका  साथै नरेन्द्र मोदी  र ओडिसाका मुख्य मन्त्रीको विरोध गरिएको तुल टाँगेको थियो ।  बम विष्फोटअघि स्टेसनबाट गुड्न लागेको ट्रेनलाई छापामारहरूले बन्द गराएका थिए र वाकीटकी कब्जा गरेर सबै कर्मचारीहरूलाई बाहिर निकालेका थिए । 

यो घटनापछि सो स्टेसन भएर आज दिनभरि चल्ने सबै रेल्वे सेवा रद्द गरिएको थियो । सिङ्गो एरिया घेराबन्दी गरेर कम्बिङ अप्रेसन चलाएको कुरा प्रहरी प्रशासनले जनाएको छ

भिडियो फिचरview all