menu

ताजा समाचार

राष्ट्रघाती २५ बुँदे सहमति विरुद्ध आठ वाम घटक

काठमाडौँ, कात्तिक ९, प्रधानमन्त्री बनाएवापत पुष्पकमल दाहालले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरेको दस्ताबेजका रूपमा बदनाम ‘२५ बुँदे सहमति’ का विरुद्ध सङ्घर्षका विविध  कायक्रमहरू गर्ने निर्णय गरेका आठ वाम घटकहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माक्र्सवादी), राष्ट्रिय जनमोर्चा,  नेकपा (माक्र्सवादी), जनमोर्चा नेपाल, देशभक्त गणतान्त्रिक मोर्चा नेपालले पूर्व निर्धारित कार्यक्रमअनुसार काठमाडौँमा आज विरोध सभा सम्पन्न गरे । काठमाडौँको सुन्धाराबाट आरम्भ भएको जुलुस सहरका विभिन्न भाग हुँदै शान्ति बाटिका रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सो सभालाई नेकपा( क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’, नेकपा (माले) का नेता सिपी मैनाली, जनमोर्चाका साध्यबहादुर भण्डारी लगायतका नेताहरूले सम्बोधन गरेका थिए । वक्ताहरूले २५ बुँदे सहमति राष्ट्रघातको दस्ताबेज भएकाले त्यसको खारेजीको माग गरेका थिए । महत्वपूर्ण विषयमा आधारित कार्यक्रम भए पनि कार्यकर्ताको उपस्थिति भने त्यति उत्साहजनक थिएन । विप्लवको नेतृत्वमा रहेको नेकपा (माओवादी) पनि संयुक्त कार्यक्रममा सहभागी हुने भनिए पनि उसको सहभागिता भएको देखिएन ।
भिडियो फिचरview all