menu

ताजा समाचार

चिनियाँ नागरिकको हत्याविरुद्ध माओवादी पार्टी फ्रान्सको अपिल

मार्च २९ का दिन फ्रान्सको एन्टी क्राइम ब्रिगेड (एबिसी) ले  फ्रान्सको  चिनियाँ नागरिकहरूको बढी बसोबास भएको क्षेत्रमा  स्याओ लिको घरमा पसेर बिना सोधपुछ एक्कासी गोली ठोकेर हत्या गरेको विषयलाई लिएर फ्रान्सका माओवादीहरूको अगुवाइमा दुई दिनदेखि  प्रहरी आतङ्कका विरुद्ध निरन्तर नाराजुलुस भइरहेको छ ।

माओवादी पार्टी फ्रान्सले  वक्तव्य निकालेर समग्र घटनाको यथार्थ बाहिर ल्याएको छ र  प्रहरी ज्यादतीका विरुद्ध एकजुट हुन जनसमुदायलाई आह्वान गरेको  छ ।
 
वक्तव्यमा भनिएको छ :
प्रहरीले आफूहरूमाथि छुरीले प्रहार गर्न खोजेको भने पनि जतिबेर प्रहरी स्याओ लिको घरमा पुगेको थियो, उनी भान्सामा माछा पकाइरहेका थिए । यो घटना थाहा पाउनेबित्तिकै उनकी श्रीमतीले ''प्रहरीले श्रीमानको हत्या गर्यो''  भनेर कराइन् र चारैतिरबाट मान्छे जम्मा भए । हत्या भएको ठाउँमा ठूलो जनसमुह जम्मा भएर पुलिस दमनको विरुद्ध नारा जुलुस गरेपछि भीडलाई तितरवितर गनै पहिले पानीको फोहोरा प्रयोग गरियो र त्यसले पनि भीड नहटेपछि टियर ग्याँस र बुलेटको प्रयोग गरियो भनेर पनि वक्तव्यमा उल्लेख गरिएको छ । 

उनको हत्याले फ्रान्समा रहेका चिनियाँ समुदायमा मात्र नभई अन्य मुलुकबाट आएर फ्रान्समा बसोबास गर्नेलाई पनि आक्रोसित तुल्याएको कुरा पनि वक्तव्यमा जनाइएको छ । चिनियाँ नागरिकको हत्या निर्दोष मान्छेहरूप्रति भएको दमनको उदाहरण हो र यसका विरुद्ध एक जुट हुन र स्याओ लिको परिवारलाई न्याय दिलाउन पनि वक्तव्यमा जनाइएको छ ।   


भिडियो फिचरview all