menu

ताजा समाचार

क्रान्तिकारी माओवादीका महत्त्वपूर्ण प्रस्ताव

यही चैत १४-१५ मा भएको नेपाल कम्युनिस्ट पार्टी ((क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसित सम्बद्ध २० वटा महत्त्वपूर्ण विषयमा प्रस्ताव पारित गरेको छ र त्यसमा अहिलेको विश्व  कम्युनिस्ट आन्दोलनसित सम्म्बद्ध केही महत्त्वपूर्ण र जल्दाबल्दा प्रस्तावहरू पनि  छन् l

सो बैठकले पारित गरेका अन्तर्राष्ट्रिय क्षेत्रसित सम्बद्ध ५ ओटा महत्त्वपूर्ण प्रस्तावहरू यसप्रकार छन् :

 १.. भारत सरकारले अपरेसन ग्रिनहन्टका नाममा आदिवासी उत्पीडित जनतामाथि चलाएको सैन्य अभियानप्रति हाम्रो विस्तारित बैठक घोर भत्र्सना गर्दछ । भारतको माओवादी आन्दोलन राजनीतिक आन्दोलन भएको हुनाले अपरेसन ग्रिन हन्टलाई बिना सर्त रोक्न र माओवादीले उठाएका विषयको राजनीतिक समाधान खोज्न यो विस्तारित बैठक भारतीय सरकारसंग माग गर्दछ ।

२. यही गत मार्च ७, २०१७ का दिन महाराष्ट्र, गाडचिरोली जिल्ला अदालतले दिल्ली विश्वविद्यालयका प्राध्यापक जि. एन. साइबाबा लगायत अन्य ४ जना क्रान्तिकारीलाई आजीवन कारावासको सजाय सुनाएको छ । जीवनभर ह्विल चेयरको साहारामा हिंडडुल गर्ने ९० प्रतिशत अपाङ्ग साईबाबाका कारण भारतको आन्तरिक सुरक्षामा गंभीर खतरा पैदा भएको भन्ने हास्यास्पद तर्क अगाडि सारेर उक्त सजाय सुनाएको हो । भारतीय अदालतको यो वैचारिक असहिष्णुता र घोर अमानवीय निर्णयको हाम्रो पार्टीको यो विस्तारित बैठकले घोर भत्र्सना गर्दछ र वहाँ लगायत सबैलाई बिनासर्त रिहाइ गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।

३.गत १९९२ देखि अविच्छिन्न २५ वर्षसम्म अमानवीय ढङ्गले कारागारमा राखिनुभएका पेरु कम्युनिस्ट पार्टी (साइनिङ्ग पाथ)का अध्यक्ष गोञ्जालोको विना सर्त रिहाइका लागि यो विस्तारित बैठक पेरुभियाली सरकारसंग विशेष माग गर्दछ ।

४.. सिरिया र यमन लगायत पश्चिम एसियाली देशहरुमा अन्तरराष्ट्रिय साम्राज्यवादीहरु र क्षेत्रीय शक्तिहरुद्वारा युद्ध थोपरेर निहत्था जनसमदायहरुको निर्मम हत्या अपहरण र विस्थापनको समस्यालाई तत्काल रोक लगाउन यो बैठक संयक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन चाहन्छ ।

५.. अन्तरराष्ट्रिय साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप र हैकमवादी गतिविधिले गर्दा युक्रेन र उत्तरकोरिया लगायतका देशहरुको आन्तरिक मामिलामा भएको हस्तक्षेपको यो विस्तारित बैठक विरोध गर्दछ र त्यसको तत्काल अन्त गर्न माग गर्दछ ।


एक कालखण्डमा कोरिममा रहेर महत्त्वपूर्ण भूमिका खेलेका नेपालका माओवादीहरूले  विश्वले आवाज उठाएको विषयमा नबोल्नुलाई प्रश्नका रूपमा हेरिएकोमा अहिले आएर बोल्नुलाई स्वागतयोग्य निर्णय भन्न सकिन्छ  l



भिडियो फिचरview all