menu

ताजा समाचार

सुक्मा एम्बुसबारे भाकपा (माओवादी) को वक्तव्य

बस्तरदेखि दिल्लीसम्म हल्लिएको मार्च ११ तारिखमा छत्तिसगढ जिल्लाको सुक्मा एम्बुस घटनालाई लिएर विभिन्न किसमका टीकाटिप्पणी भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले वक्तव्य प्रकाशित गरी सो घटनाको समग्र जानकारी दिएको छ ।

माओवादी पार्टीको ‘दक्षिण बस्तर डिभिजन कमिटी’ द्वारा जारी गरिएको वक्तव्यमा सो घटना सफल तुल्याउन भूमिका खेल्ने पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) का छापानमार योद्धाहरूको प्रशंसा गरिएको छ  र ४ ओटा एके–४७, ६ ओटा इन्सास, एउटा लाइट मेसिन गन (एलएमजी) एउटा ग्रिनेड लन्चर (यूबीजीएल) , दुइटा वायरलेस सेटर ११३० भन्दा बढी बुलेट कार्तुस कब्जा गरिएको जानकारी दिइएको छ ।
वक्तव्यमा गाउँमा गएर आदिवासी जनतालाई  माओवादी भन्दै बलात्कार र हत्या गरिएको घटनाको पनि निन्दा गर्दै त्यसो नगर्न चेतावनी दिइएको छ  ।

 सो घटनामा १२ जना उच्च तालिम प्राप्त सरकारी कमान्डो फोर्स एम्बुसमा परेको थियो र एक दर्जनभन्दा बढी घाइते भएका थिए  ।
यस  घटनालाई सरकारी पक्षले माओवादीद्वारा गरिएको रेम्बो शैलीको प्रयोग भनेको थियो । बिजुली चम्के जसरी गरिएको घटना भनेर भनिएको थियो । त्यतिमात्र नभएर माओवादीले सो घटनामा प्रयोग गरेको बम-तिरलाई सरकारी पक्षले “माओवादीले अहिलेसम्म प्रयोग नगरेको नयाँ प्रविधि” भनेको छ ।

सुरक्षा अधिकारीको हवाला दिँदै समाचारमा भनिएको छ : "अब बस्तरमा . अब बस्तर मा नक्सलीहारूसित  १० ओटा यूबीजीएल छन्,  जुन बहुत खतरनाक कुरा हो ।  एउटा  यूबीजीएल बाट एक मिनटमा पांचदेखि  सात ग्रेनेड छोड्न सकिन्छ, जसमा हरेक ग्रेनेडबाट लामो  दूरी को प्रहार गर्न सकिन्छ, जसले निकै ठूलो नोक्सान गर्न सक्छ ।"

नेपालको माओवादी जनयुद्धमा यस किसिमको प्रयोग गरिसकिएको कुरा यहाँ स्मरणीय छ । नेपालमा तीरमा नभएर थ्रि-नट- थ्रीमा  यस्तो प्रयोग गरिएको थियो ।


भिडियो फिचरview all