menu

ताजा समाचार

प्राध्यापक साइबाबाको स्वास्थ्य एकदमै नाजुक

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक डा. जि.एन. साइबाबा लगायत ५ जनालाई दिइएको आजीवन कारावास र साइबाबाको स्वास्थ्यलाई लिएर मानवअधिकारवादी संस्थाहरू तथा बौद्धिक क्षेत्रले गम्भीर चिन्ता जाहेर गरिरहेको  अवस्थामा नागपुर जेलमा रहेका साइबाबाको स्वास्थ्य एकदमै नाजुक भएको कुरा जेलमा भेटेर आउने उनका भाइ तथा इन्जिनियर जि. रामदेवुदुले सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन् :
 ''गाडचिरोली आदालतले डा. जि.एन. साइबाबालाई आजीवन कारावासको अप्रजातान्त्रिक फैसला सुनाएपछि आज १७ तारिखका दिन मैले उहाँलाई भेटेँ । भेट्न अनुरोध गरेको करिब ४ घण्टापछि मात्र उहाँलाई भेट्ने मौका मिल्यो  । बेलुका ५.४५ तिर मात्रै मलाई भेट्न दिए । बिस मिनेट भन्दा बढी भेट दिएनन् । अहिलेको भेटघाट गर्ने नियम पनि षड्यन्त्रकारी रहेछ । हाम्रा बीचमा सिसाको पर्दा थियो र अनुहार पनि राम्रोसित हेर्न पाइँदैनथ्यो र कुराकानी पनि फोनमा गर्नुपर्ने रहेछ  । मुस्किलले केही कुरा मात्र सोधखोज गर्न सकियो ।
 
डा. साइबाबा एकदमै कमजोर देखिनुहुन्थ्यो । उहाँ जेलको खाना खानसक्ने हालमा पनि हुनुहुन्नथ्यो । बिरामीले खानुपर्ने खानाको व्यवस्था जेलअधिकारीहरूले गरेका छैनन् । खाना खानेबित्तिकै उहाँलाई बान्ता  हुँदो रहेछ । प्यानक्रियाज (माथिल्लो पेट) दुखेका कारण एकपल्ट उहाँ मुर्छासमेत पर्नुभएछ । फैसला हुनुअघि पनि प्यानक्रियाजको समस्याले उहाँलाई अस्पताल भर्ना गरिएको थियो । जेलमा उहाँलाई डाक्टरी सुविधा पनि उपलब्ध गराइएको छैन । पहिले जेलमा उपलब्ध गराइएका सामान्य सुविधा औषधी, ओढ्नेओछ्याउने तथा फलफूलहरू इत्यादिसमेत यसपल्ट प्रयोग गर्न स्वीकृति दिइएको छैन । स्वास्थ्य एकदमै कमजोर भएको छ । उहाँलाई छिटोभन्दा ओषधीउपचारको आवश्यकता छ । उहाँको स्वास्थ्यको विषयमा कुरा गर्न जेलको माथिल्लो अधिकारीलाई भेट्ने इजाजत पनि मलाई दिइएन । हेम मिश्राको स्वास्थ्य पनि एकदमै खराब छ भन्ने जानकारी पाएँ ।''

भिडियो फिचरview all