ताजा समाचारआज चैत ५ सांस्कृतिक प्रतिरोध दिवस
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले देशव्यापी प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरेअनुसार आज सो पार्टीले काठमाडौँमा मार्चपाससहितको जनसभा राखेको कुरा पार्टी कार्यालयले जनाएको छ ।
''कञ्चनपुर र सप्तरी हत्याकाण्डको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं !! भन्ने नाराका साथ आरम्भ हुने सो युवा मार्चपास खुल्लामञ्चबाट सुरु भएर जमल, महेन्द्र शालिक, काठमाडौं प्लाजा, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने जनाइएको छ । सभामा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा पनि सो पार्टीले जनाएको छ
भिडियो फिचरview all


