menu

ताजा समाचार

छत्तीसगढ एम्बुसलाई लिएर विशेष बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा गरेको कलात्मक र चमत्कारिक एम्बुसको कारबाहीको घटना भएको ७ दिन बितिसक्दा पनि यसको तरङ्ग अहिलेसम्म जारी  छ र यसलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिँह तथा इन्टेलिजेन्स  विभागका साथै भारतीय स्थल सेनाका प्रमुखको बैठक बसेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।

भारतीय समाचार माध्यमहरू त्यसमा पनि जहिले पनि सत्ताधारीको नजिक रहेर सूचना सम्प्रेषण गर्ने भनेर चिनिएका ‘टाइम्स अफ इन्डिया’ र ‘इन्डियन एक्सप्रेस’ ले समाचारमार्फत सरकारलाई सुझावसमेत  दिएका छन् । ‘इन्डियन एक्सप्रेस’ ले “दुई वर्ष यता माओवादीहरूले गरेको सबैभन्दा भीषण र गम्भीर आक्रमण” भनेको छ । सो पत्रिकाले सम्पादकीय टिप्पणी र लेखहरूमार्फत माओवादीले सुकमामा गरेको घटनापछि माओवादी दबाउन बन्दुक तथा भिजिलान्ते ग्रुप प्रयोग गरेर पुग्दैन, प्रभावित क्षेत्रका जनतालाई आकर्षित गर्ने विशेष कार्यक्रमहरू खस गरेर विकासका  योजनाहरू निर्माण गर्नुपर्ने भनेर धारणा व्यक्त गरेको छ ।

यसै गरी सशस्त्र लगायत माओवादी दबाउन तयार पारेका कमान्डो फोर्सका प्रमुखहरूले सुक्मा घटना “-याम्बो शैलीको घटना हो र  यो १५ मिनेटभित्र, दुइटा सशक्त प्लाटुनद्वारा सफल बनाइएको एकदमै नापीतौली गरिएको कार्यक्रम'' भनेका छन् । ११२ जना कमान्डो शक्तिले हतियार जोगाउन नसकेको, प्रतिरोधमा फायरिङ गर्न नसक्ता अत्याधुनिक हतियार गुमेको विवरण पनि उनीहरूले व्यक्त गरेका छन् ।
 
टुप्पोमा बारुदले भरिएका तीरको प्रयोग गरिएको भनेर पनि सरकारलाई प्रतिवेदन दिएको कुरा सञ्चारमाध्यमहरूले जनाएका छन् । राम्रोसित प्रशिक्षण पनि नदिइकन पठाइएका कारण माओवादीसित ११२ जनाले सामना गर्न नसकेको कुरा पनि प्रहरी प्रमुखले बताएका छन् । डिपुटी कमान्डेन्टको अफिस आधा घन्टा नजिक हुँदा पनि माओवादीहरू सफल भए र बिजुली चम्के जसरी आएर बिजुली चम्के जसरी गायब भए भनेर पनि सो घटनाको समीक्षा भएको कुरा पनि समाचारमा उल्लेख छ । ११ मार्चमा भएको अम्बुसको घटनामा १२ जना शसस्त्र बलको मृत्यु भएको थियो र १० थान अत्याधुनिक हतियार जनसेनाले कब्जामा लिएका थिए l

त्यहाँ थप माइनिङ हुनसक्छ भनेर घटनापछि घटनास्थलमा माइनिङ प्रतिरोधी गाडी लिएर मात्र कोब्रा फोर्स पुगेको थियो । अहिले भारतमा माओवादी दबाउन ६० लाख फोर्सलाई विशेष तालिम दिइएको छ  र यसका लागि कोब्रा फोर्स, ग्रेहाउनड फोर्स, सिआरपिफ, अक्टोपस फोर्सको प्रयोग गरिएको छ ।

भिडियो फिचरview all