menu

ताजा समाचार

माओवादी आक्रमणमा १२ जनाको मृत्यु

भर्खरै भारतीय सञ्चारमाध्यमबाट प्राप्त समाचारअनुसार भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लाको भेजी भन्ने स्थानमा माओवादी एम्बुसमा परेर भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियनका  इन्स्पेक्टर  जगतसिंह हित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ र ५  जना मरणासन्न अवस्थामा छन् ।
 
प्राप्त समाचारअनुसार सरकारी फोर्स अवरुद्ध बाटो हटाउन त्यस क्षेत्रमा गएको बेला माओवादी छापामारहरूले एम्बुस र फायरिङ दुवैबाट एकैचोटि आक्रमण गरेपछि सो घटना भएको हो । माओवादी छापामारहरूले उच्च प्रविधिका सबै हतियारसहित वायरलेस रेडियोसेट पनि आफ्नो कब्जामा लिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
भिडियो फिचरview all