menu

ताजा समाचार

विभिन्न पार्टीहरूद्वारा भारतीय आक्रमणको निन्दा

कञ्चनपुर, फागुन २६, कञ्चनपुर जिल्लाको सीमाक्षेत्र पुर्नवास नगरपालिका आठ, आनन्द बजारमा  बनाइएको कल्भर्टलाई आफ्नो भूमिमा बनाएको भनेर भारतीय प्रहरीले रोकेपछि प्रतिरोधमा उत्रेका नेपाली बासिन्दामाथि भारतीय प्रहरीले गोली चलाएर गोविन्द गौतम को हत्या गरेको र थुप्रैलाई घाइते बनाएको घटनाको विभिन्न पार्टीहरूले निन्दा गर्दै विरोधका विभिन्न कार्यक्रमहरू तय गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  ले विज्ञप्ति जारी गर्दै सो घटना भारतको नेपालीमाथिको ठाडो  आक्रमण भएको उल्लेख गरेको  छ   वक्तव्यमा भनिएको छ : “एसएसबीले गोली चलाउँदा स्थानीय नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको छ । यो घटना सामान्य हत्याकाण्ड मात्र नभई भारत सरकारको सुरक्षा निकायले नेपाल र नेपालीमाथि गरेको सीधा आक्रमण पनि हो । हाम्रो पार्टी यसको घोर भत्र्सना गर्दछ ।”

वक्तव्यमा घटनामा एसएसबीको गोलीबाट मारिएका देशभक्त युवा गोविन्द गौतमलाई वीर सहिद घोषणा गर्नुको साथै उचित क्षतिपूर्तिको माग गर्दै मारिएका युवकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यसप्रकारको नाङ्गो विदेशी आक्रमण हुँदा पनि चुप लागेर बस्ने प्रचण्ड नेतृत्वको सरकारसित क्रान्तिकारी माओवादीले भारत सरकारप्रति कडा विरोध, भत्र्सना र जवाफी प्रतिक्रिया व्यक्त गर्न समेत माग गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले विज्ञप्ति जारी गरी भारतीय विस्तारवादको तीव्र निन्दा गरेका छन र  भारतीय ज्यादतीका विरुद्ध आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । त्यस्तै, नेकपा (एमाले) ले गोविन्द गौतमलाई सहिद घोषणा गर्न माग गरेको छ भने जनमोर्चाका  अध्यक्ष चित्रबहादुर केसीले भारतीय विस्तारवादलाई नेपाली सीमामा आपराधिक कार्य, सीमा अतिक्रमण, हस्तक्षेप र ज्यादति तुरुन्त बन्द गर्न जोडदार माग गरेका छन् l

यसै वीच सो घटनालाई लिएर देशव्यापी मसाल जुलुसका कार्यक्रमहरू भएका छन् l


भिडियो फिचरview all