menu

ताजा समाचार

भारतीय प्रहरीद्वारा गोविन्द गौतमको हत्या

कञ्चनपुर, २६ फागुन: नेपालको आफ्नै भूमि कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारमा  निर्माण गर्न थालिएको कल्भर्टलाई भारतीयहरू र सीमा सुरक्षा बल- यसयसबीले आफ्नो भनी  निर्माण गर्न नदिएका कारण चर्किएको विवादमा नेपालभित्र पसेर यसयसबीले कुटपिट गरेर नेपालीलाई घाइते बनाएपछि भारतीय ज्यादतीका विरुद्ध सिमाना क्षेत्रका नेपाली प्रतिरोधमा उत्रेका छन् l दुई पक्षबीच भइरहेको झडपका क्रममा भारतीयहरूले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी निरीक्षक रामबहादुर खत्री लगायत थुप्रै घाइते भएका छन्
 
दुबैतिरबाट ढुंगा हानाहान भैरहेको आवस्थामा भारतीय प्रहरीले १२ राउण्ड भन्दा बढी गोली चलाएको र गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका ८ का गोविन्द गौतमको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको छ l सम्पूर्णानगर प्रहरी थानाका प्रहरी निरीक्षकले आफ्नै पेस्तोलबाट चलाएको गोली लागेर गौतमको मृत्यु भएको कुरा पनि समाचारमा जनाइएको छ  l
 
गौतमको मृत्यु ले त्यहाँको स्थिति झन् तनावपूर्ण भएको कुरा कन्चनपुरबाट प्राप्त समाचारमा उल्लेख  छ l

भिडियो फिचरview all