menu

ताजा समाचार

प्रा.साइबाबालगायतको आजीवन कारावासको निर्णयको चौतर्फी विरोध

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा, पत्रकार प्रशान्त राही, विद्यार्थी नेता तथा कालाकार हेम मिश्रालगायत ५ जनालाई भारतीय अदालतले भाकपा (माओवादी) लाई सघाएको भन्दै यही मार्च ७ तारिखका दिन आजीवन कारबासको सजाय तोकेपछि यसको अन्तर्राष्ट्रिय स्तरमै विरोध भएको छ र अदालतको यो निर्णय, यथार्थका आधारमा भन्दा पनि भारतीय जनता पार्टीं र आरयसयसको निर्देशनमा भएको भनेर सो निर्णयको सर्वत्र  निन्दा गरिएको छ । प्राध्यापक साइबाबालाई नेपाल तथा श्री लङ्काका माओवादीहरूसित समेत सम्बन्ध रहेको भनी अभियोग लगाइएको छ ।

“ह्विल चेयर प्राध्यापक” का रूपमा परिचित अपाङ्ग प्राध्यापक साइबाबाको विषयलाई लिएर विभिन्न बौद्धिक समुदाय, मानवअधिकारवादी संस्थाहरू, प्राध्यापकहरू तथा फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक सदस्य तथा “इन्टरनेस्नल लिग अफ पिपुल्स स्ट्रगल (आइएलपिएस) का अध्यक्ष प्रो. जोसे मारिया सिसोनले पनि वक्तव्य प्रकाशित गरी सो निर्णयको निन्दा गरेका छन् ।

 प्राध्यापक साइबाबाकी जीवनसाथी वसन्था कुमारीले वक्तव्य :

यसैबीच प्राध्यापक साइबाबाकी जीवनसाथी वसन्था कुमारीले वक्तव्य जारी गर्दै साइबाबाविरुद्धको यो निर्णय सरकारद्वारा निर्देशित भएकाले यसका विरुद्ध सर्वोच्चमा जाने र यस किसिमको फैसलाका विरुद्ध व्यापक अभियान चलाउने कुरा व्यक्त गरेकी छन् ।

भारतीय अनलाइन पत्रिका ‘फस्ट पोस्ट’ लाई अन्तवार्ता दिँदै गाड्चिरोली अदालतको निर्णय निर्देशित र प्रायोजित भएको, आदालतले जबर्जस्ती माओवादी पार्टीसित जोडे पनि कुनै पनि आधिकारिक प्रमाण  नभएको  र यस किसिमको निर्णयमा सत्ताधारी पार्टी भारतीय जनता पार्टी तथा आरयसयसको भूमिका रहेको कुरा उल्लेख गरेकी छन् । वसन्थाले मानवअधिकारवादीहरू, प्रजातान्त्रिक संस्थाहरू तथा बुद्धिजीवीहरूलाई अपाङ्ग प्राध्यापकमाथि गरिएको अमानवीय निर्णयका विरद्ध आवाज उठाउन पनि अपिल गरेकी छन्

कमिटी फर दि रिलज अफ पोलिटिकल प्रिज्नर्स’ (सिआरपिपी) :

यसैक्रममा राजबन्दी रिहाइसम्बन्धी कमिटी ‘कमिटी फर दि रिलज अफ पोलिटिकल प्रिज्नर्स’ (सिआरपिपी) ले एक वक्तव्य जारी गरी “साइबाबा, प्रशान्त राही, हेम मिस्रा, महेस टिक्की, पान्डु नरोतेलाई लगाइएको अभियोगको निन्दा गरौँ”, “राजनीतिक विचारलाई अपराधीकरण गर्ने, फरक विचारलाई दबाउने निर्णयको भत्र्सना गरौँ, प्रजातानित्रक हक उपयोगका लागि सङ्घर्ष गरौँ” भन्दै  अपिल जारी गरेको  छ । संस्थाका अध्यक्ष सार. गिलानी, महासचिव अमित भट्टाचार्यसहितले  हिजो आठ मार्चमा जारी यस वक्तव्यमा प्रजातान्त्रिक मूल्यविरुद्ध भएको फैसलाका विरुद्ध चौतर्फी आवाज उठाउन पनि आह्वान गरिएको छ ।

प्रो. जोसे मारिया सिसोन : इन्टरनेस्नल लिग अफ पिपुल्स स्ट्रगल (आइएलपिएस) :

इन्टरनेस्नल लिग अफ पिपुल्स स्ट्रगल (आइएलपिएस) का अध्यक्ष प्रो. जोसे मारिया सिसोनले  वक्तव्य जारी गर्दै भनेका छन् :  हाम्रो संस्था प्राध्यापक साइबाबा तथा अन्यमाथि लगाइएको यस किसिमको चार्जको जोडदार रूपले निन्दा गर्छ र भारत र  विश्वभरिका उत्पीडित जनतासित यसका विरुद्ध आवाज उठाउन आह्वान गर्छ । साइबाबाको अपराध भनेको उनले दलित र आदिवासीहरूको पक्षमा आवाज उठाउनु हो । उनले 'अपरेसन ग्रिन हन्ट' का नाममा भारतका आदिवासी तथा दलितहरूमाथि भएको दमनको विरोध गरेका कारण भारतीय फासिवादी सरकारले यस किसिमको निर्णय गरेको हो भन्दै  यसको चौतर्फी विरोध गर्न पनि आहवान गरेका छन् ।



भिडियो फिचरview all