menu

ताजा समाचार

प्राध्यापक जि. एन. साइबाबासहित ५ जनालाई आजीवन कारावास

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विभागका प्राध्यापक जि. एन. साइबाबा, पत्रकार प्रशान्त राही , विद्यार्थी नेता तथा कलाकार हेम मिश्रा लगायत ५ जनालाई भारतीय  कम्युनिस्ट पार्टी (माओवादी) का लागि काम गरेको भन्दै नागपुरको गाड्चिरोली अदालतले आज मार्च ७ तारिखका दिन 'अनलफुल एक्टिभिटिज  प्रिवेन्टिव एक्ट' अन्तर्गत आजीवन कारवासको सजाय सुनाएको छ ।

प्राध्यापक साइबाबा  सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए l विद्यार्थी नेता हेम मिश्र पक्राउ परेपछि प्रो. साइबाबालाई २०१४ को मेमा पक्राउ गरिएको थियो l उनको कम्प्युटरमा माओवादीसम्बन्धी दस्ताबेज पाइएको र ऊनी माओवादीको कार्यकर्ता भएको आरोप लगाइएको थियो l ठूलो प्रयासपछि केही समयका लागि जमानतमा रिहाइ भएका प्राध्यापक साइबाबालाई पुन: जेलमा राखिएको थियो l   केही समयका लागि जमानतमा छोड्ने  र फेरि जेलमा राख्ने गरिएका साइबाबाको मुद्धाको फैसालाका लगि जनवरीदेखि बहसछलफल चलिरहेको थियो

अपाङ्ग भएका कारण प्राध्यापक साइबाबा  विद्यार्थीहरूलाई पढाउँदासमेत ह्विलचेयरको प्रयोग गर्ने गर्दछन् l   

भिडियो फिचरview all