menu

ताजा समाचार

माओवादी कम्युनिस्ट पार्टी, जर्मनीको आह्वान

कमरेडहरू,
हामी, माओवादी कम्युनिस्ट पार्टी जर्मनी, सङ्गठन समितिका तर्फबाट तपाईँहरूसमक्ष रक्तिम अभिवादन प्रकट गर्दछौँ ।

आज यतिखेर, उपस्थित सबै कमरेडहरू तथा शुभचिन्तकहरूप्रति, आ–आफना मुलुकमा कम्युनिस्ट पार्टी निर्माणका लागि लडिरहेकाहरूप्रति, विश्वमा क्रान्तिका लागि लडिरहेका पार्टीहरू र ती पार्टीका लाल सेनाका योद्धाहरूप्रति, सङ्घर्षमा सामेल भएर निरन्तर रूपमा  क्रान्तिलाई ऊर्जा प्रदान गरिरहेका आम जनताप्रति, विश्वका अन्तर्राष्ट्रिय सर्वहारा, सबैप्रति अभिवादन प्रकट गर्दछौँ ।

यो हप्तामा भएका हाम्रा श्रद्धेय सहिदहरूसित सम्बद्ध गतिविधिले यदि हामी कम्युनिस्ट हुने चाहना राख्छौँ भने हामी केका लागि लड्ने हो र लडिरहेका छौँ भन्ने हाम्रो जिम्मेवारी र बाटोको बारेमा हामी प्रस्ट हुनैपर्छ ।

 रोजा लक्जम्मवर्ग र कार्ल लिब्ख्नेख्त जर्मनीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरू हुनुहुन्छ । रक्तपिपासु, हतियारबद्ध साम्राज्यवादी पशुहरूसित अन्तिम साससम्म लड्ने हो भने हाम्रो वर्गको सुदृढ र एकताबद्ध नेतृत्व हुनुपर्छ । लेनिनले रूसी क्रान्तिका सन्दर्भमा नयाँ ढङ्गको पार्टी निर्माण गर्नुभयो, जुन श्रमजीवी वर्गको अग्रदस्ताका रूपमा स्थापित भयो र जसले जनवादी केन्द्रीयता र क्रान्तिकारी लाइनका आधारमा पार्टीलाई सङ्गठित गर्यो  । स्टालिनले पनि लेनिनका विचार  योगदानहरूको संश्लेषण गर्दै पार्टीहरूलाई सुव्यवस्थित किसिमले बोल्सेवीकरण गरेर कसरी अघि बढ्ने भन्ने बाटो देखाउनुभयो । अध्यक्ष माओले जनयुद्ध, नयाँ जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको अमूल्य योगदान दिएर मालेमाको सार्वभौम विकासका लागि महत्वपूर्ण आधार निर्माण गर्नुभयो,  जसको व्याख्या यसरी गरिन्छ :

राज्यसत्ता कब्जाका लागि तयारी र पहलकदमीका लागि सुदृढ वैचारिक जगमा निर्मित एउटा जुझारु पार्टीको आवश्यकता,  जनवादमा आधारित कन्द्रीयताको प्रधानता,  क्रान्तिका तीन जादुगरी हतियार : पार्टी, सेना, र संयुक्त मोर्चा, जनसेवाको जनदिशा र सादाजीवन र कठोर सङ्घर्ष ।

 हामी सर्वहाराहरू, सबै किसिमका उत्पीडनबाट मुक्त हुन सत्ता प्राप्त गर्न चाहन्छौँ । हामी सर्वहारा वर्ग, समाजवाद र साम्यवादको अधिनायकत्व चाहन्छौँ ।  हामी सर्वहारा क्रान्तिको आवश्यकता र महत्वलाई राम्ररी जान्दछौँ ।  र यो क्रान्तिले रगतको माग गर्छ । पार्टीको मूल काम श्रमजीवी जनताको कमभन्दा कम रगत बगाएर आफ्नो लक्ष प्राप्त गर्नु हो । यति हुँदाहुँदै पनि, अर्धसामन्ती मुलुक होस्, अथवा साम्राज्यवादी मुलुक, त्यहाँ एउटा मात्रै बाटो छ, त्यो हो, दीर्घकालीन किसिमको जनयुद्ध । सबै संशद्वादी भ्रम र संशोधनवादका विरुद्ध लडिनेछ र यसमाथि विजय प्राप्त गरिनेछ । आखिर कुरा के हो भने राज्यसत्ता बन्दुकको नालबाट नै जन्मिन्छ । हाम्रो बाटो भनेको क्रान्तिकारी हिंसाको बाटो हो । वर्गसङ्घर्ष र क्रान्तिले बलिदानको माग गर्छ ।
 
वर्गसङ्घर्ष भनेको के हो ? यो भनेको हाम्रो वर्ग र जनतासित सम्बद्ध ठूलो शक्तिले आफ्नो हकहितका लागि लडेको लडाइँ हो, जसलाई क्रान्तिकारी पार्टीले राजनीतिकरण गर्छ,  सङ्गठित पार्छ ,परिचालन गर्छ र  अन्त्यमा हतियारबद्ध बनाउँछ र उसैका बलमा प्रतिक्रयावाली सत्ताका विरुद्धको लडाइँलाई अघि बढाउँछ । पार्टीले प्रतिक्रियावादीहरू तथा संशोधनवादीहरूका विरुद्ध वैचारिक तथा व्यावहारिक किसिमले लडेको  लडाइँ नै वर्गसङ्घर्ष हो ।

हाम्रो सङ्गठन अवैधानिक र भूमिगत किसिमले चलेको सङ्गठन हो, जसले वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षका बीचबाट कार्यकर्ताहरूलाई गोलबद्ध गर्दै कम्युनिस्ट पार्टी पुनर्गठनको प्रयासलाई जारी राखेका छ ।  हामी यो लडाइँमा वचन र कर्म सबै चिज, जीवनसम्म पनि दिन तयार छौँ ।

हाम्रो वर्ग र हाम्रा जनता यो रतो झन्डाका लागि रगत दिन तयार छन् ।  अन्तिमसम्म यसलाई टुङ्गोमा पुर्याउनु युद्धमा लागिपर्नु हाम्रो जिम्मेवारी हो । यसका लागि सर्वस्व सुम्पिनु हाम्रो  दायित्व हो । सबै कुरा यसैका लागि हुन् । सबै कुरा साम्यवादका लागि हुन् । फलामे उत्साहका साथ अघि बढेर हामी दुस्मनलाई परास्त गर्नेछौँ । हाम्रा विरुद्ध आइलाग्नेहरू ढिलोचाँडो सिद्धिनेछन् । यो व्यवस्थाको भविष्य छैन । भविष्य साम्यवादीहरूकै हो  ।
लेनिन, रोजा लक्जम्मवर्ग र कार्ल लिब्ख्नेख्तको सम्झना गर्दै :

हाम्रो वर्गका समग्र अग्र दस्तालाई सुदृढ बनाऔँ—हाम्रो मुलुकको राज्यसत्ता कब्जा गर्न क्रान्तिकारी युद्धलाई सुदृढ तुल्याऔँ !
जर्मनीमा कम्युनिस्ट पार्टी पुनर्निर्माणका लागि
माक्र्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद
समाजवादका लागि जनयुद्ध

फेब्रवरी,२७, २०१७





भिडियो फिचरview all