menu

ताजा समाचार

'भारत बन्द' को पूर्वसन्ध्यामा ठाउँठाउँमा भिडन्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आव्हानमा भोलि हुन लागेको 'भारत बन्द' कार्यक्रमको पूर्व सन्ध्यामा ठाउँठाउँमा भिडन्त र झडप भएका घटनाहरू प्रकाशमा आएका छन् l यसै क्रममा झारखण्डमा माओवादीले थापेको एम्बुसमा परेर माओवादी दबाउँन तयार पारिएको कोब्रा बटालियनको जवानको मृत्यु भएको छ भने आन्ध्र-ओडिसा  सिमामा दोहोरो गोलि हानाहान भएको छ l

यसै बीच आन्ध्र-ओडिसा  सीमामा र तेलान्गनामा माओवादीले विशेष घटना घटाउन सक्ने भन्दै सशस्त्र सुरक्षा बल र ग्रे हाउन्ड फोर्सलाई एलर्ट गराइएको कुरा समाचार माध्यमहरूले जनाएका छन् l

समरम रहोस् दस दिनअघि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एक विज्ञप्ति प्रकाशित गरी बन्दको आव्हान गरेको थियो l वक्तव्यमा 'नोटबन्दी' को विरोध साथै सुकमा जेलमा रहेका 'तेलंगाना लोकतान्त्रिक मोर्चा' का सातजना सदस्यको रिहाइ र 'बस्तर बटालियन' र छत्तिसगढ़मा महिलामाथि भएको बर्बर आतंक तथा हिंसाको पनि विरोध गरिएको थियो l
भिडियो फिचरview all