menu

ताजा समाचार

फासिवादविरुद्ध चारसय विद्वानहरूको वक्तव्य

फासिवाद बुद्धि, तर्क र विवेकको सत्रु हुन्छ भन्ने कुरा हालै सत्ताको आडमा भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन 'अखिल भारतीय विद्यार्थी  परिषद' (एबिभिपी) ले मच्चाएको ताण्डव नृत्यबाट बोध गर्न. सकिन्छ । हिन्दूवादी फासिवादका रूपमा परिचित मोदी सरकार बौद्धिक जगतप्रति असाध्यै असहिँष्णु बनेको कुरा दिल्ली तथा जवाहरलाल विश्वविद्यालयमा भएकाक घटनाहरूबाट अवगत गर्न सकिन्छ ।
 
गत हप्ता दिल्ली विश्वविद्यालयकी प्राध्यापक प्रो. निवेदिता मेननलाई जोधपुर विश्वविद्यालयमा बोलाएर प्रवचन गर्न लगाएको भन्दै कार्यक्रमकी संयोजक प्रा.डा. राजश्री रनावतलाई जोधपुर विश्वविद्यालयले जागिरबाट बर्खास्त गरेको घटना सेलाउन नपाउँदै अहिले दिल्ली विश्वविद्यालयअन्तर्गत रामाज कलेजमा भएको घटना अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।

रमजा कलेजका विद्यार्थीहरूले आदिवासी विषयमा पियच. डी गरिरहेका विद्यार्थी  नेताद्वय उमर खालिद र शेहला रसिदलाई सम्बद्ध विषयमा बोल्ने कार्यक्रम राखेकोमा आफूहरूलाई थाहा नदिई कार्यक्रम राखिएको भनेर भारतीय जनता पार्टी सम्बद्ध विद्यार्थीहरूले प्रहरीको आडमान विद्यार्थी र प्राध्यापकहरू त्यसमा पनि महिला विद्यार्थीमाथि साङ्घातिक हमला गरेका कारण थुप्रै विद्यार्थी तथा प्राध्यापकहरू घाइते भएको दृश्यहरूलाई भारतीय  समाचार माध्यमहरूले विशेष महत्त्वका साथ प्रकाशित गरेका छन्  । कतिपय छात्राहरूलाई फोन र मेसेजमार्फत बलात्कारको धम्कीसमेत दिइएको छ । यसको असर जवाहर विश्वविद्यालयमा पनि परेको छ र ३ दिनदेखि दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्विद्यालयअन्तर्गतका  कलेजहरू सत्ताआतङुको सिकार बनेका छन् । स्मरण रहोस्, उमर खालिदलाई भाकपा (माओवादी) नजिकको विद्यार्थी नेता भनिएको छ, र शेहला रसिद कश्मिरी मूलकी विद्यार्थी नेता हुन् l

सत्ताको आडमा विद्यार्थी तथा प्राध्यापकहरूमाथि भएको कुटपिट घटनालाई लिएर प्राध्यापक तथा विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यार्थीहरूले सत्ताआतङ्कको ब्यानर देखिने गरी फेसबुक खोल्ने तथा भएकाहरूले फ्रोफाइल फोटो फेर्ने अभियान चलाएका छन् भने प्राध्यापकहरूले  वक्तव्यमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि दमन र सत्ताआतङ्को  निकृष्टता भनेर जोधपुर घटनादेखि रमाज कलेजसम्मका घटनाहरूको निन्दा तथा भत्र्सना गरेका छन् ।  जवाहरलाल विश्वविद्यालयका प्राध्यपक सङगठनले “विश्वविद्यालयलाई हिंसा र आतङ्कको क्षेत्र बनाएर अभिव्यत्ति स्वतन्त्रतामाथि दमन गरिएको” भनेर निन्दा गरेको छ  ।

यसैबीच हार्बर्ड, क्याम्ब्रिज, येल, न्युयोर्क, लन्डन स्कुल अफ क्याम्ब्रिजसहित अन्य विश्वविद्यालयका समेत गरी  ४०० जना प्राध्यापक तथा बुद्धिवजीवीहरूले भारतमा बौद्धिक क्षेत्रमाथि मोदी सरकारको असहिँष्णुताको व्यवहारलाई लिएर संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति जगदेशकुमारलाई सम्बोधन गर्दै विश्वविद्यालयमा प्राज्ञिक वातावरण हराउँदै गएकोमा चासो र चिन्ता व्यक्त गरेका छन् ।

 फेव्रवरी २३ मा जारी गरिएको वक्तव्यमा उनीहरूले “जवाहरलाल नेहरू विश्वविद्यालय लगायतका अन्य प्राज्ञिक क्षेत्रमाथि भइरहेको असहिँष्णुतापूर्ण वातावरणले प्राज्ञिक संस्कार र संस्कृतिमाथि हमला भएको छ र यसले अन्तर्राष्ट्रिय संस्थाहरूसितको सम्बन्धमा समेत गम्भीर असर पर्न सक्ने चुनौती बनेको छ”, भनेका छन् l
उनीहरूले यताका दिनमा विश्वविद्यालयको पाठ्यक्रममा परिवर्तन र विदेशी शोधकर्ता विद्यार्थीहरूमाथि लगाम लगाउन खोजिएको निर्णयप्रति पनि ध्यानाकर्षण गराएका छन् ।

वक्तव्यमा भनिएको छ :
“अन्तर्राष्ट्रिय रूपमा नाम कमाएको जवाहरलाल नेहरू विश्वविद्यालयमा जेजस्तो वातावरण देखिएको छ, यसले अन्तर्राष्ट्रिय क्षेत्रमै चासो र चिन्ता उत्पन्न गराएको छ,, जवाहरलाल नेहरू विश्वविद्यालय प्राज्ञिक क्षेत्रमा परिचित र फरक विचार,  बहसछलफलका दृष्टिमा पनि  गम्भीर प्राज्ञिक थलो भनेर परिचित संस्था हो र अहिले जे भइरहेको छ, यसको इतिहास र भूमिकालाई नै आघात पुर्याउने  काम भएको छ । ”

वक्तव्यमा विश्वविद्यालयमा प्राज्ञिक वातावरण बनाउन तथा अभिव्यक्ति स्वतन्त्रता बहाली गर्न पनि अनुरोध गरिएको छ l

भिडियो फिचरview all