menu

ताजा समाचार

चुनाव कार्यनीतिक प्रश्न हो : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी)

नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको  विषयलाई लिएर विभिन्न पार्टीहरूका  आआफ्नै किसिमका निर्णयहरू बाहिर आइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी) ले पनि आफ्नो निर्णय सार्वजनिक गरेको छ l यसले वर्तवान स्थितिमा चुनाव हुनेनहुने टुंगो नभएको र नयाँ जनवादी राज्यसत्ताको स्थापनाबिना जनताका आधारभूत समस्या हल नहुने हुँदा नयाँ जनवादी क्रान्तिका पक्षधरहरूका लागि चुनाव त्यति महत्त्वको विषय नभए पनि चुनावमा भाग लिने नलिने विषय 'कार्यनीतिको विषय भएकाले परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ, " भनेको छ l

विज्ञप्तिको पूर्णपाठ यस प्रकार छ :
 
हालै नेपाल सरकारद्वारा २०७४ वैसाख ३१ गते स्थानीय निर्वाचन गरिने घोषणा जारी गरिएको र निर्वाचन तथा संविधान संशोधन लगायतका विषयमा वर्तमान सत्ता एवम् व्यवस्था पक्षधर राजनीतिक दलहरूबीचमा विवाद चर्किदैगएको स्थितिमा ती विषयवारे पार्टी धारणा तथा अभिमत निम्नअनुसार सार्वजनिक गरिएको छ l

१) वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाअन्र्तगत गरिने संविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधान हुन सक्तैन र त्यसनिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्यरूपमा आवश्यक छ भन्नेवारे पार्टीको दृष्टिकोण तथा धारणा स्पष्ट रहिआएको छ ।
२) स्थानीय निर्वाचनको मिति घोषणा गरिए पनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरूका बीच पैदा हुँदैआएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जटिलताका कारण सो निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको हाम्रो ठहर छ ।
३) संसदीय निर्वाचन बहिष्कार र उपयोगसम्बन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएकोमा पार्टी स्पष्ट नै रहिआएको छ । यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ ।

माथिको व्यहोराको अध्ययनपछि चुनाव भएमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी) ले आफ्नो वैधानिक मोर्चामार्फत स्थानीय निर्वाचनमा भाग लिन सक्ने सम्भावना रहेको बोध गर्न सकिन्छ l

भिडियो फिचरview all