menu

ताजा समाचार

भाकपा (माओवादी) द्वारा भारत बन्दको घोषणा

 भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही फेब्रवरी १७ तारिखमा दिन एक प्रेस वक्तव्य जारी गरी फेब्रवरी २७ मा ''भारत बन्द" को आह्वान गरेको छ l वक्तव्यमा केन्द्र तथा छत्तिसगढ़ सरकारको जनविरोधी नीतिका कारण बन्दको आह्वान गर्नुपरेको कुरा उल्लेख गरिएको छ l

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का दक्षिण उप-अञ्चल ब्युरो सचिव कमरेड गणेशद्वारा जारि गरिएको वक्तव्यमा 'नोटबन्दी' मार्फत सरकारले  ठूला कम्पनीहरू, बहुराष्ट्रिय कम्पनीहरूलाई नै सहयोग पुर्याएको र आम मानिस उल्टै मारमा परेको कुरा उल्लेख गरिएको छ l

वक्तव्यमा 'नोटबन्दी' का कारण मुलुकमा मुद्रास्फीति,  बेरोजगारी र गरिबी बढेको कुरा पनि उल्लेख गरिएको छ l साथै सुकमा जेलमा रहेका 'तेलंगाना लोकतान्त्रिक मोर्चा' का सातजना सदस्यको रिहाइको पनि माग गरिएको छ l
 यसका साथै बस्तरमा जनता दबाउन निर्माण गरिएको 'बस्तर बटालियन' र छत्तिसगढ़मा महिलामाथि भएको बर्बर आतंक तथा हिंसाको पनि विरोध गरिएको छ र त्यस्ता प्रहरीमाथि कारवाही गरिनु पर्ने माग पनि गरिएको छ l

भिडियो फिचरview all