menu

ताजा समाचार

भिडन्तमा स्पेसल टास्क फोर्सका दुई जनाको मृत्यु

भारतमा अहिले कतिपय विधानसभा  तथा कतिपय स्थानमा ग्राम पञ्चायतहरूको निर्वाचन भइरहेको छ र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एउटा अपराधी र हत्याराको ठाउँमा अर्को अपराधीलाई ल्याएर राख्ने चुनावको कुनै अर्थ छैन  भन्दै सक्रिय बहिष्कारका लागि आम जनतामा आह्वान गरेको छ । खास गरेर सो पार्टीले स्थानीय चुनाव, त्यसमा पनि माओवादी प्रभावित आदिवासी तथा राज्यआतङ्क व्याप्त भएको क्षेत्रहरूमा ‘शून्य मतदान’ को अभियान नै चलाएको छ ।

यसैक्रममा आन्ध्र-ओडिसा सीमामा पर्ने मलकानगिरि जिल्लाका ग्राम पञ्चायतको निर्वाचनमा जम्मा १९ ओटा बुथमध्ये १३ ओटामा शून्य मतदान र ६ ओटा बुथमा पनि एकदमै न्युन मतदान भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
 
गत नोभेम्बरमा दोहोरो भिडन्तका नाममा ३८ जना माओवादीको हत्या भएको र गाउँमा अझै आतङ्कको स्थिति रहेको र मौका  छोपेर निर्वाचन गर्न खोजिए पनि जनताले आतङ्कको विरुद्ध जवाब दिएका छन् । चुनावअघि ने चुनाव गराउन गएका कर्मचारीलाई कब्जामा लिएर माओवादीले प्रशिषण दिएर फिर्ता पठाउका थिए ।

यसैबीच भारतको छत्तिसगढ राज्यको बस्तर जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार र सरकारी स्पेसल टास्क फोर्सबीच भएको दोहारो भिडन्तमा विशेष टास्क फोर्सका दुई जनाको मूत्यु भएको कुरा भारतीय  सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भिडियो फिचरview all