menu

ताजा समाचार

फिलिपिन्स कम्युनिस्ट पार्टीद्वारा राज्यआतङ्क विरुद्ध प्रतिरोधका लागि आह्वान

फिलिपिन्सको माओवादी पार्टी ‘कम्युनिस्ट पार्टी अफ दि फिलिपिन्स’ ले  फेव्रवरी १५ मा  वक्तव्य जारी गरी दुतार्ते सरकारले देशव्यापी रूपमा मच्चाएको धरपकडको तीव्र निन्दा तथा भ्रत्र्सना गरको छ र राज्यआतङ्कका विरुद्ध सडकमा आउन आमजनतालाई अपिल  गरेको छ ।

गत अक्टोबरदेखि एक तर्फी युद्धविराम गरेर फिलिपिन्सको दुतार्ते सरकारसित शान्ति वार्तमा रहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र दुतार्ते सरकाबीच वार्ताका सन्दर्भमा भएका समझदारी र सहमति, खास गरेर राजबन्दीको रिहाइजस्ता विषयमा कुरा नमिलेपछि र वार्ताका क्रममा सरकारले सैन्य गतिविधि विस्तार गरेपछि यही फेब्रवरी १० तारिख देखि फिलिपिन्स कम्युनिस्ट पार्टीले युद्धविरामको अन्त्यको घोषणा गरेको थियो र जनसेनालाई प्रतिरोधका लागि सजग हुन आह्वान गरेको थियो । यसपछि विभिन्न ठाउँमा धरपकड तथा झडपहरू भइरहेको अवस्थामा पार्टीको तर्फबाट अपिल जारी गरिएको हो ।

''कार्यकर्ता तथा जनता विरुद्ध लादिएको चौतर्फी युद्धका विरुद्ध” भन्ने नाम दिइएको सो अपिलमा  भनिएको छ:
 
''दुतार्ते  सरकारका प्रहरी र सेनाले  फेब्रवरी ४ देखि १२ सम्म देशको विभिन्न भाग हत्या, गिरफतार र दमन तीव्र पारिएको छ र महानगर मनिलाबाट मात्रै १९ जना पार्टी समर्थकहरू तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ।  साथै धरपकड र दमनको प्रक्रियालाई ग्रामिण क्षेत्रमा पनि विस्तारित गरिएको छ र दमनको केन्द्र बढीभन्दा बढी पार्टी प्रभावित क्षेत्रलाई बनाइएकाले पार्टी यसको घोर निन्दा तथा भ्रत्र्सना गर्दछ र प्रतिरोधमा उत्रिन आम जनता  तथा कार्यकर्तालाई आव्हान  गर्दछ ।”

अपिलमा अगगाडि भनिएको छ :

“यो सबै काम राष्ट्रिय सुरक्षा सल्लाहकार हमोजेन्स उसपेरेन तथा सेनाको प्रमुख अन्नोको नेतृत्वमा भएको छ । अहिलेको दमन र आक्रमणको शैलीले  २००५ देखि २००९ सम्म भएको दमनको सम्झना गराएको छ । महासेनानी  अन्नोले ‘तिनीहरूलाई सखाप पार्ने”  भनेर दिएको मन्तव्यसँगै आरम्भ भएको यो दमनको सिकार आम जनता र सामान्य कायकर्ता भएका छन्, यो जनतामाथि युद्ध लाद्ने काम हो । पक्राउ परेकालाई हत्या र विभिन्न किसिमकाको अपराधमा संलग्न भनी मुद्दा चलाउन गरिएको  प्रयास निन्दनीय छ ।”

पार्टीले १२ फेब्रवरीमा पक्राउ परेका कार्यकर्ता तथा सर्वसाधारणको नाम सावर्जनिक गरेको छ । वक्तव्यमा भनिएअनुसार  र मिन्डानाओमा कम्युनिस्टलाई सहयोग गरेको भनेर बस्ती नै खाली गर्न गरिएको दमन छ ।  बालान र काउलो क्षेत्रबाट करिब १०० परिवार राज्यआतङ्कका कारण विस्थापित भएका छन् । खासगरेर युवाहरूलाई पक्राउ गरेर जनसेनाको सदस्य भन्दै मुद्धा चलाउने काम भएको छ । त्यसैगरी ११ तारिखका दिन कापिज प्रान्तमा एकजनाका हत्या गरिएको छ र अरू ५ जनालाई घाइने बनाइएको छ ।

वक्तव्यमा प्रहरीसित भिजिलान्तेहरू समेत मिसिएर गाउँलेमाथि दमन, आतङ्क र हत्याको शृङुखला चलाइएको छ र चोतर्फी आतङ्कको वातावरण बनेको छ भनिएको छ । समग्र रूपमा जनताका विरुद्ध भीषण दमन चलाइएकाले मानअधिकारवादीहरूले यसप्रति गम्भीर हुन पनि वक्तव्यमा अपिल गरिएको छ ।
भिडियो फिचरview all