menu

ताजा समाचार

माओवादी पार्टी क्यानडा क्रान्तिकारी बहसमा

क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडाले क्यानडा स्थापनाको १५० वर्ष र महान् रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुगेको अवसरमा आफ्नो पार्टी मुखपत्र 'आर्सनल' प्रकाशित गरेको छ l

'आर्सनल' को सम्पादकीयमा  ''फरक फरक सन्दर्भ भए पनि क्यानडाका लागि यी दुबैको विशेस अर्थ छ", भनिएको छ l

सम्पादकीयमा भनिएको छ :
''यस अवसरमा हामीले  हाम्रो सैद्धान्तिकसै पत्रिका 'आर्सनल' लाई पुन: प्रकाशित गरेका छौं l एक दसक भएछ, जतिबेर हामीले हाम्रो पार्टीपिसिआर- आरसिपीकप तदर्थ कमिटीसित सम्बद्ध दस्ताबेज प्रकाशित गरेका थियौं l त्यसबेलादेखि हामीले केही महत्त्वपूर्ण सांगठनिक गतिबिधि गरे पनि आम पाठकका लागि कुनै पनि नयाँ प्रकाशन गरेका छैनौं l अक्टोबर क्रान्तिलाई दिशाबोध गराउने  लेनिनको महत्त्वपूर्ण कथन, ( क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन  सक्तैन) लाई हामीले अंगालेका छौं भने सैद्धान्तिक अभावलाई पूरा गर्न यसलाई पनि ''अप"  गर्नु  आवश्यक छ l"  

सम्पादकीयमा अगाडि भनिएको छ :
''हामी ''मार्क्सवादी- लेनिनवादी'' मात्रै नभएकाले हामीले अर्को क्रान्तिकारी निरन्तरतालाई जोडेर व्यवहारमा जानुपर्छ—त्यो भनेको ''माओवाद' पदावलीसित जोडिएको वैचारिक पक्षको महत्त्वको आत्मसातीकरण  हो l हामी क्यानाडामा ''नयाँ ढंगको पार्टी'' बनाउन चाहन्छौं,  जसमा  यो सामान्य रूपमा ''लेनिनवादी' पार्टी मात्र  नभएर, यो हाम्रो सिद्धान्त र शक्तिअनुसारको ''माओवादी" पार्टी हुनेछ l त्यसैले हामीले हाम्रो सैद्धान्तिक प्रकाशनलाई त्यसैतर्फ  प्रवृत्त गरायौं—'' नयाँ ढंगको माओवादी पार्टी" l त्यसैले हामीले थोरै भए पनि हाम्रो विचार र हाम्रो संगठनसित परिचित हुन् चाहने र  रुचि राख्ने पाठकहरू तथा अक्टोबर क्रान्तिको निरन्तरतालाई ध्यानमा राखेर यसको प्रकाशन गरेका हौं l"

सो 'आर्सनल" सैद्धान्तिक पत्रिकाले  पत्रिकामा समाविष्ट लेखहरू अहिलेको सामाजिक परिस्थितिमा क्रान्ति सम्पन्न गर्न  फलदायी हुनेछन् भन्ने कुरामा हामी आशावादी छौं भनेर आफ्नो सम्पादकीय टुंग्याएको छ l
 
जेजस्ता लेखहरू यसमा समाविष्ट छन्, शीर्षकले नै ती रोचक, ज्ञानवर्धक र ऊर्जादायी हुनुका साथै बहस-छलफलका लागि पनि भरपर्दा आधार हुन् सक्छन् भन्न सकिन्छ :

विषयसूची :

१.    नयाँ किसिमको माओवादी पार्टी निर्माणको प्रश्न  
२.    सिद्धान्तको खोजीमा सिद्धान्त : उत्तर-माओवादी विचलनका सन्दर्भमा
३.    जनसमूहबीच काम गर्ने कम्युनिस्ट बिधि
४.    क्रान्तिको रणनीतिलाई परिभाषित गर्ने कुरा : हरेक क्रान्तिकारी आन्दोलनको आधारभूत प्रश्न
५.    जनयुद्ध र क्रान्तिकारी पार्टीको सैन्यकरण : पेरु कम्युनिस्ट पार्टीको सन्दर्भ
६.    वर्गसंघर्षको कोणबाट बहुदलीयवाद
७.    पितृसत्तात्मक संयन्त्र : केही प्रारम्भिक टिप्पणी
८.    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गर्नुपरेका चुनौतीहरू : क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम )  र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ आमदिशा  निर्माणका लागि माओवादी शक्तिहरूले अन्तर्राष्ट्रिय तहमा पुनर्गठित हुन् लडेको लडाइं l


भिडियो फिचरview all