menu

ताजा समाचार

माओवादीहरू भारतको पश्चिम क्षेत्रमा सक्रिय

भारतका २९ प्रान्तहरूमध्ये २० ओटा प्रान्तमा माओवादीको प्रभाव रहेको र त्यसमा पनि पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनी भारतीय फासिवादी सरकारले माओवादी दबाउन विशेष योजनाहरू  प्रयोगमा ल्याइरहेको अवस्थामा पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना गतिविधिहरूलाई भारतको पश्चिम क्षेत्र उत्तराखण्डमा पनि तीव्र बनाएको समाचारलाई भारतीय सञ्चारमाध्यमहरूले विशेष महत्वका साथ प्रकाशमा ल्याएका छन् ।

भारतमा यतिखेर विभिन्न प्रान्तमा विधान सभाको चुनाव चलिरहेको र भाकपा (माओवादी) ले सक्रिय चुनाव वहिष्कारको अभियान चलाइरहेको अवस्थामा फ्रेब्रवरी २ का दिन नैनीतालको धारीमा छापामार शैलीमा सरकारी गाडी जलाएको घटना सेलाउन नपाउंदै त्यहाँ भेटिएका पर्चाहरू र नैनितालका भित्ताहरू जनयुद्धको समर्थन र चुनाव बहिष्कारको नाराले रङ्गिएपछि प्रहरी-प्रशासनका लागि थप टाउको दुखाइको विषय बनेको छ भनेर पनि  सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

माओवादीहरूले 'चुनाव बहिष्कार गरौँ',  'युवाहरूलाई रोजगारी दे' , 'रक्सी भट्टीहरू बन्द गर' , 'प्राकृतिक स्रोतसाधनमाथि जनताको अधिकार कायम गर' , 'उत्तराखण्डमा जनयुद्दलाई तीव्र पारौँ',  'भ्रष्ट सत्ताका विरुद्ध लडाइँ जारी राखौँ', 'जनयुद्धमा सामेल हौं',  'एउटा मात्र बाटो जनयुद्धको बाटो'  जस्ता पोस्टरहरू चारैतिर टाँसेका छन् र प्रहरी-प्रशासन चाहिँ यी पोस्टरहरू च्यात्न र मेटाउन तल्लिन देखिन्छ ।  जति च्याते पनि रातारात टाँसिएका पोस्टरहरूका कारण प्रहरी-प्रशासन हैरान भएको कुरा पनि भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् ।

(पुलिसहरू पोस्टर च्यात्तै र मेटाउँदै)
यसैबीच पोस्टर टाँस्नेको पहिचान भएको भनेर पुलिसले ९ जनताको नाममा वारन्ट जारी गरेको छ । प्रहरीले अलमोडा जिल्लाको सोमेस्वर रहने  खिन्चसिंह बोरा उर्फ ‘नेहरु बोरा’, ‘प्रभाकर’ नै त्यहाँको माओवादीको नेता हो भनेर किटान गरेको छ र उसको सुराकी दिनेलाई १०,००० हजार इनामको घोषणा पनि गरेको छ ।
 
उत्तराखण्डमा सन् २००४ देखि माओवादी आन्दोलनले गति लिएको र त्यहाँको जङ्गल उनीहरूको तालिम केन्द्र भएको कुरा प्रहरीले बताएको कुरा पनि सञ्चामाध्यमहरूले उल्लेख गरेका छन् । सन् २०१४ मा माओवादीको वैधानिक मोर्चा ‘क्रान्तिकारी जनवादी मोर्चा’ ४ जनालाई पक्राउ गरिएको थियो ।

समाचार माध्यममहरूले दिएको जानकारी अनुसार उत्तराखण्डका अलमोडा तथा नैनीलताल क्षेत्रलाई विशेष क्षेत्र घोषणा गररे प्रहरीको तैनाथी बढाइएको छ र उनीहरूलाई हाइ एलर्टमा राखिएको छ ।

स्मरण रहोस्, भारतीय सत्ताधारी वर्गले उत्तराखण्डमा फेब्रवरी १५ मा विधान सभाको चुनाव घोषणा गरेको छ ।
०००


भिडियो फिचरview all