menu

ताजा समाचार

'कम्युनिस्ट न्युक्लिअस नेपाल' पुनर्गठनको तयारी

काठमाडौँ, माघ २३/, 'कम्युनिस्ट न्युक्लिअस नेपाल' पुनर्गठन तयारी समितिका तर्फबाट हालै एक वक्तव्य जारी गरी  ''राष्ट्रिय स्वाधीनता र जनतन्त्र" को प्रश्नलाई केन्द्रमा राखेर क्रान्तिकारी माओवादीहरूबीच एकता तथा केन्द्र निर्माणका लागि आव्हान गरिएको छ l

वक्तव्यमा भनिएको छ :
''विभिन्न समूहमा छरिएका माओवादी क्रान्तिकारीहरूको एउतै केन्द्र बनाउने उद्देश्यलाई  व्यावहारिक रूप दिन चैत्र २०, २०७२ मा गठित 'कम्युनिस्ट न्युक्लिअस नेपाल' का संस्थापक सदस्यहरूमध्ये अधिकांश सदस्यहरू  केन्द्र निर्माणको निरन्तर प्रयाशतिर भन्दा बिभिन्न समूहमा मिसिन हतार गरेका कारण 'कम्युनिस्ट न्युक्लिअस नेपाल' सित  केही संस्थापक सदस्यहरू मात्र बाँकी रहेको यथार्थ सबैका सामु प्रस्ट छ l बाँकी रहेका संस्थापक सदस्यहरूबीच 'कम्युनिस्ट न्युक्लिअस नेपाल' लाई कसरी सक्रिय बनाउने भन्ने विषयमा छलफल चलिरहेको अवस्थामा विभिन्न माओवादी समूहका गतिबिधिसित असन्तुष्ट  कतिपय कमरेडहरूले 'कम्युनिस्ट न्युक्लिअस नेपाल' लाई नयाँ किसिमले पुनर्गठन गर्न गरेको अनुरोधसमेतलाई ध्यानमा राखी 'कम्युनिस्ट न्युक्लिअस नेपाल' ले पुनर्गठनको प्रयाशको थालनी गरेको कुरा पनि हामी जानकारी गराउँछौं l"

वक्तव्यमा आगाडि भनिएको छ :
'''कम्युनिस्ट न्युक्लिअस नेपाल' ले जारी गरेको परिमार्जित दस्ताबेजका  आधारभूत मान्यता: मार्क्सवाद-लेनिनवाद- माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध र 'नेपाली विशेषताको जनयुद्ध' लाई कार्यदिशा मान्नेहरूबीच बहस-छलफलसहित पुनर्गठनको प्रयाशको थालनी भएको छ  र यस प्रयाशलाई ठोस रुप दिन छरिएर रहेका कमरेडहरूलाई हार्दिक अपिल गर्दछ l"

यतिखेर  राष्ट्रिय स्वाधीनता र जनतन्त्र दुवै खतराको  स्थितिमा छन् र सापेक्षित क्रान्तिकारी शक्तिहरूबीच क्रान्तिकारी एकता र केन्द्रीकरण अहिलेको आवश्यकता हो l यही उद्देश्य पूरा गर्न 'कम्युनिस्ट न्युक्लिअस नेपाल' को पुनर्गठनको प्रयाशको थालनी भएको हो र फागुन १ गतेसम्म यस कार्यलाई ठोस रूप दिने निर्णय गरेको कुरा पनि 'जनमेल' लाई प्राप्त समाचारमा उल्लेख गरिएको छ l
०००   
भिडियो फिचरview all