menu

ताजा समाचार

अस्ट्रियाका माओवादीहरू भन्छन् : भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय अभियान '‘इन्टरन्यास्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ को आह्वानमा आयोजना गरिएको जनवरी २८ देखि फेव्रवरी ४ सम्मको पहिलो चरणको विशेष कार्यक्रमअन्तर्गत विभिन्न मुलुकहरूमा विभिन्न किसिमका कार्यक्रमहरू भइरहेका छन् ।

यसै क्रममा माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्न निर्माण भएको अस्ट्रियाको माओवादी समूह
'‘रिभोलुस्नरी कन्सट्रक्सन, (अस्ट्रिया)’ ले प्रचारप्रसार तथा विचारगोष्ठिमूलक कार्यक्रम सम्पन्न गरेको छ । “भारतमा चलिरहेको जनयुद्धको समर्थन गरौँ, कमरेड अजिथलाई रिहाइ गर” भन्ने नाराका साथ आरम्भ सो कार्यक्रमका बारेमा 'रिभोलुस्नरी कन्सट्रक्सन, (अस्ट्रिया)’ ले ''सङ्घर्षरत भारतीय जनताप्रति ऐक्यबद्धता, भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई समर्थन गरौँ— यी हामीले नगरी नहुने महत्चवपूर्ण कार्यभारहरू हुन्" भन्दै भारतमा चलिरहेको जनयुद्ध खास मुलुकको मात्र प्रश्न नभएर अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनकै अंश भएकाले त्यसको समर्थन गर्नु भनेको अन्तर्राष्ट्रिय सर्वहारावादको पालना गर्नु हो भनेको छ ।

‘रिभोलुस्नरी कन्सट्रक्सन, (अस्ट्रिया)’ ले जनवरी ३१ मा प्रकाशित वक्तव्यमा भनेको छ :
“अस्ट्रियामा जनवरी २८ को सेरोफेरमा भारतमा माओवादी पार्टीको नेतृत्वमा चलिरहेको जनयुद्धलाई समर्थन र अजिथको रिहाइका लागि रिभोलुस्नरी कन्सट्रक्सनको अगुवाइमा विभिन्न किसिमका गतिविधिहरू भए । पर्चा वितरण, प्रदर्शन वैचारिक छलपल सहित  ९ ओटा राज्यमा समर्थनका कार्यक्रमहरू सम्पन्न गरिए ।"

वक्तव्यमा अगगाडि भनिएको छ :
''जनवरी २८ खासखास सहरमा विचारगोष्ठीहरू सम्पन्न भए, जसमा भारतीय हिन्दू फासिवादले कसरी त्यहाँ आतङ्क मच्चाइरहेको छ र यसका विरुद्ध भारतीय कम्युनिस्ट पाटी (माओवादी) को नेतृत्वमा कसरी जनयुद्ध चलिरहेको छ भनेर प्रस्ट पारियो । साथै कमरेड अजिथको रिहाइमा  कसरी सहयोग  पुर्याउन  सकिन्छ भन्ने कुरामा छलफल चलाउँदै प्रचारका विभन्न माध्यमहरूलाई प्रभावशाली बनाउने निष्कर्ष भयो । भारतमा चलिरहेको जनयुद्धले अस्ट्रियमा माओवादी आन्देलनलाई अघि बढाउन निकै ठूलो ऊर्जा प्रदान गरेको छ र, यसको प्रचार तथा समर्थन गर्नु  हाम्रो जिम्मेवारी हो ।”

वक्तव्यको अन्त्यमा :  “सर्वहारा अन्तर्राट्रियतावाद ! जिन्दावाद, भारतमा चलिरहेको जनयुद्धलाई अघि बढाऔँ” ! भनेर आह्वान गरिएको छ ।

भिडियो फिचरview all