menu

ताजा समाचार

फासिवाद विरुद्ध वुद्धिजीवीहरूको अपिल

भारतको छत्तिसगढ राज्यअन्तर्गत बस्तर जिल्लामा प्रहरी–प्रशासनद्वारा गरिएको ज्यादति, दण्डहीनता तथा आदिवासी जनतामाथि भएको उत्पीडन, बलात्कार तथा मानवअधिकार कर्मी र सामाजिक कार्यकर्ताहरूमाथि भएको आतङ्कलाई लिएर भारतका प्राध्यापक, लेखक, पत्रकार, समिाजिक कार्यकर्ता, फिल्म निर्माता अभिनेत्री तथा मानवअधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित १२५ जना बुद्धिजीवीहरूले जनवरी ३१ तारिखका दिन एउटा अपिल जारी गर्दै “बस्तरमा कानुनको राजको बहाली गरियोस्” भनेर माग गरेका छन् ।
 
अपिलमा उनीहरूले कसरी बस्तरमा आदिवासीहरूमाथि दमन भइरहेको छ र प्रहरीप्रशासनका गलत कामको सामान्य विरोध गर्दा मात्र पनि नक्सलवादी भन्दै जेलमा राखिन्छ, मानवअधिकारको अध्यन गर्न जानेलाई समेत बाटोबाटै गिरफ्तार गरेर जेल हालिन्छ र सामाजिक कायकर्तालाई घरमा गएर बस्तर छोड्ने धम्की दिइन्छ भन्ने कुरा  उल्लेख गरेका छन् । उनीहरूले उत्पीडित जनतासम्म  पुग्ने वातावरण प्रदान गर्न तथा उत्पीडक प्रहरीप्रशासनमाथि कारबाही गर्न पनि माग गरेका छन् ।

त्यसैगरी अपिलमा, प्रहरीप्रशासनले पहिलको 'सलवा जुडुम' जस्तै अहिले पनि 'अग्नि', 'सामाजिक एकता मञ्च’ जस्ता गुन्डा दल-भिजिलान्तेहरूको  टोली बनाएर मानवअधिकारवादीहरू तथा आमजनतामा आतङ्क मच्चाइरहेको छ भन्ने कुराको उल्लेख गर्दै प्रहरीप्रशासनले त्यसरी गुन्डा दल बनाएर आतङ्क मच्चाउन बन्द गर्नुपर्ने माग गरिएको छ ।
सो अपिलमा भर्खरैसामाजिक अध्येता बेला भाटियालाई बस्तर छोड्न दिइएको धम्की, ‘स्क्रल’ का पत्रकार  मालिनी सुब्रमण्यम तथा बिबिसीका आलोक पुतुललाई बस्तर छोड्न बाध्य पारिएको घटना, तथा स्थानीय पत्रकारहरूमाथि मच्चाइएको आतङ्कको उल्लेख गर्दै यस्ता कार्य रोक्न पनि माग गरिएको छ ।

त्यसैगरी अपिलमा हालै मानवअधिकार उल्लङ्घनका सम्बन्धमा अध्ययन गर्न तेलङ्गानाबाट आएका सात जना पत्रकार तथा वकिलहरूलाई 'जनसुरक्षा कानुन' का नाममा जेलमा राखिएको घटनाको पनि उल्लेख गरिएको छ । अपिलमा भनिएको छ :
 “ जिल्लामा आफूहरूले गरेका मनपरीविरुद्द कोही नबोलोस्, आवाज उठाउने कोही पनि नहोओस् भन्ने नै बस्तरको आइजिपी एसआरपी कल्लुरीका उद्देश्य  हो । यसले बस्तरमा उत्पीडनको डरलाग्दो स्थिति उत्पन्न हुने अवस्था आएको छ । जहाँ सरुरक्षा गर्ने निकाय स्वयम् जवाफदेही विहीन छ र मनपरी किसिमले डण्डा  चलाउँछ भने जनसाधारणसित आफ्नो सुरक्षाका  लागि बाँकी रहने कुरा केही पनि हुँदैन ।”

अपिलमा तीनओटा कार्य गर्न जोड दिइएको छ :
१. बस्तारमा नियमकानुनको पुनर्वहाली गरियोस्, संविधान ऐनकानुनको पालना नगर्ने सुरक्षा अधिकारी हरूमाथि कारबाही गरियोस्,
२. बिना कुनै रोकटोक प्राध्यापक, पत्रकार, वकिल तथा समाजिक कार्यकर्ताहरूलाई सम्बद्ध घटनास्थल तथा उत्पीडित पक्षसम्म पुग्ने वातावरणको निर्माण गरियोस् र
३. प्रहरीद्वारा बिभिन्न किसिमका भिजिलान्ते समूह गठन गरी आतङ्क मच्चाउने कामलाई सहयोग तथा  समर्थन नगरियोस् ।

सो अपिलमा निम्नलिखित व्यक्तित्वहरूको हस्ताक्षर रहेको  छ ।
१ एके. शिव कुमार (अर्थशास्त्री), २  ए.पि  शाह (पूर्व प्रमुख न्याय, दिल्ली उच्च न्यायालय र पूर्व अध्यक्ष, भारतीय व्यवस्था आयोग), ३ अचिन वाणिक ( सेवानिवृत्त प्रोफेसर, दिल्ली विश्वविद्यालय), ४. अजय एस मेहता (सेवा मन्दिर,उदयपुर), ५. अजित  मेनन (प्रोफेसर, विकास अध्ययन को मद्रास संस्थान), ६ . अजिथा जि.एस (सम्पादक र प्रकाशक), ७. अजित कुमार (पत्रकार), ८ . अलिना तिफ्गने (पर्यवेक्षक), ९. अमित मित्र (पत्रकार), १०. अमित भाविष्कार (समाजशास्त्र को प्रोफेसर, आर्थिक विकास संस्थान, दिल्ली), ११. अम्मु युसुफ [पत्रकार र लेखक], १२.  अमृता जोहरी  (सत्कार नागरिक संगठन दिल्ली), १३. अनिन्दिता अधिकारी (अनुसन्धान प्राध्यापक  ब्राउन विश्वविद्यालय), १४. अन्जली भारद्वाज  (सत्कार नागरिक संगठन दिल्ली), १५. अनुमेह  यादव (रिपोर्टर, स्क्रोल ),१६.  अनुराधा  जोशी (क्लस्टर नेता,  विकास अध्ययन संस्थान, विश्वविद्यालय ससेक्स), १७. अहिल्या युहन्ना (अनुसन्धान प्रोफेसर , विश्वविद्यालय ससेक्स), १८. अहिल्या कार्तिकेयन (स्वतन्त्र पत्रकार), १९.  अरुण श्रीवास्तव (वरिष्ठ पत्रकार), २०. अरुण राय  (मजदुर किसान शक्ति संगठन ), २१. अरुन्धती राय (लेखक), २२.  अगस्टिनको भेलिथ  (बाल अधिकारकर्मी), २३ अरविन्दो घोस (वकिल र मानव अधिकार कार्यकर्ता), २४. बलवीर अरोडा (अनुसन्धान प्रोफेसर, सामाजिक विज्ञान संस्थान), २५.  बीना अग्रवाल (प्रोफेसर अर्थशास्त्र), २६. सी. राममनोहर रेड्डी (सम्पादक, स्क्रोल ),२७. सी. भान्जा  (स्वतन्त्र पत्रकार), २८  चमनलाल (अवकाश प्राप्त प्राध्यापक, जवाहर लाल नेहरू विश्वविद्यालय), २९. चन्दन श्रीवास्तव  (पत्रकार), ३०. चंदर उदय सिंह (वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत), ३१. देबराज  रे ( प्रोफेसर, अर्थशास्त्र न्यूयोर्क विश्वविद्यालय), ३२. दीप्ता चोपडा (अनुसन्धान सहयोगी, विश्वविद्यालय ससेक्स), ३३.  दिलीप सि मोन (इतिहासकार र लेखक), ३४. फ्रेनि मनेक्षा (स्वतन्त्र पत्रकार), ३५. जी मोहन गोपाल (वकील र पूर्व निर्देशक, राष्ट्रिय न्यायिक एकेडेमी), ३६.  जी. सम्पथ (वरिष्ठ पत्रकार तथा लेखक), ३७.  गौतम राव (स. प्रोफेसर, अर्थशास्त्र हार्वर्ड विश्वविद्यालय), ३८.  गोपाल सुब्रमन्यम (वरिष्ठ वकिल र भारतीय पूर्व सलिसीटर जेनरल ), ३९ गौरी  चटर्जी (पत्रकार तथा  लेखक) ४०. एच. एम. संजीवकुमार (प्रोफेसर, राजनीतिक विज्ञान विभाग, दिल्ली विश्वविद्यालय), ४१.  कठोर कपुर (स्वतन्त्र शोधकर्ता), ४२.  हिमांशु राय ठक्कर ( संद्रप दिल्ली), ४३. हृदयेश जोशी (लेखक र पत्रकार), ४४. इलिना सेन (शिक्षाविद) , ४५ . इंदिरा जैसीं (वकिल , दिल्ली), ४६. इंग्रिड श्रीनाथ (निर्देशक, सामाजिक प्रभाव र न्रिविज्ञान  केन्द्र, अशोका  विश्वविद्यालय), ४७. जावेद अख्तर (कवि तथा गीतकार), ४८. जवाहर राजा  (वकिल, दिल्ली),४९. जिन द्रेज  (भिजिटिंग प्रोफेसर, अर्थशास्त्र विभाग, राँची विश्वविद्यालय), ५०. जुही  जैन (नारीवादी कार्यकर्ता),५१.  कल्पना शर्मा (वरिष्ठ पत्रकार),५२  कल्पना शर्मा (वरिष्ठ पत्रकार), ५३. कमला भसिन  (नारीवादी कार्यकर्ता), ५४. कविता कृष्ण (अखिल भारत प्रगतिशील महिला संघ), ५५.. केशव देसिराजु ( आइयस्, पूर्व सचिव, भारत सरकार), ५६.  लिला मेहता (प्रोफेसनल मित्रता विकास अध्ययन संस्थान, विश्वविद्यालय ससेक्स), ५७ . मनोज मित्ता (वरिष्ठ पत्रकार तथा लेखक), ५८. मनोरंजन महंथी (राजनीतिक विज्ञानका सेवानिवृत्त प्रोफेसर, दिल्ली विश्वविद्यालय), ५९. मिना कान्दस्मी (लेखक), ६०.  मिना सेशु (सामाजिक कार्यकर्ता), ६१. मोनालिसा जेना (पत्रकार), ६२. मृणाल पाण्डे (वरिष्ठ लेखक तथा पत्रकार), ६३  . एन सुकुमार (प्रोफेसर, राजनीतिक विज्ञान विभाग, दिल्ली विश्वविद्यालय), ६४  नलिनी राजन (प्रोफेसर, मिडिया अदाजनिया (सांस्कृतिक अध्येता तथा कला आलोचक), ६५. नन्दिनी ओजा (लेखक), ६६. नन्दिनी  राव (नारीवादी कार्यकर्ता), ६७. नन्दिता दास  (अभिनेत्री र फिल्म निर्माता), ६८ नन्दिता  नारायण ( प्रोफेसर, गणित सेन्ट स्टिफन कलेज, दिल्ली), ७०.  निखिल डे ( मजदुर किसान शक्ति संगठन), ७१. नितिन सेठ (वरिष्ठ एसोसिएट सम्पादक), ७२.  पामेला फिलिप्सो ([वरिष्ठ पत्रकार), ७३  पंकज मिश्र (लेखक), ७४. परंजोया गुहा थकुरता (सम्पादक,-राजनीतिक), ७५.  पार्थ एस बनर्जी (शिक्षाविद) , ७६.  पार्थ सेन (सेवानिवृत्त प्रोफेसर, अर्थशास्त्र दिल्ली स्कुल), ७७. पुनम मुथेर्जा (कार्यकारी निर्देशक, भारतीय जनसंख्या फाउन्डेसन), ७८.  प्रसन्न रामास्वामी (नाट्यकर्मी ), ७९. राहुल राय (फिल्मनिर्माता), ८०.राजारमण सुन्दरम (अनुसन्धान विद्वान), ८१. राजिव धवन (वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत), ८२.  राजेश देव (स. प्रोफेसर, राजनीतिक विज्ञान विभाग, दिल्ली विश्वविद्यालय), ८३. रजनी  जर्ज (वरिष्ठ सम्पादक, पेंगुइन हाउस, भारत), ८४  रामचन्द्र गुहा  (इतिहासकार), ८५. रामदीप वादेरा ( नियमपालक नागरिक), ८६.  रविंदर कौर (प्रमुख, मानवता र सामाजिक विज्ञान विभाग, आइआइटी दिल्ली), ८७. रेबेका  युहन्ना (वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत), ८८. रीतिका (एसोसिएट प्रोफेसर, अर्थशास्त्र , आईआईटी दिल्ली), ८९. रिचर्ड महापात्र (पत्रकार), ९०. रोहिणी मोहन (स्वतन्त्र पत्रकार, बेंगलोर), ९१.साबा देवान (फिल्मनिर्माता), ९२. सन्ध्या गोख्ले (महिलादमन विरोधी मंच मुम्बई), ९३. संजय काक (फिल्मनिर्माता) , ९४.  सत्यजित  सिंह (प्रोफेसर, राजनीतिक विज्ञान विभाग, दिल्ली विश्वविद्यालय), ९५. सबाना आजमी (अभिनेत्री), ९६. शाल्स महाजन (लेखक), ९७. शर्मिला टैगोर (अभिनेत्री), ९८.  सोम  बसु (पत्रकार), ९९.  मन्थन अध्ययन केन्द्र (पुणे), १००. शुब्रंशु चौधरी ( सिजिनेट स्वराज), १०१. सुब्रत सेन गुप्ता (लेखक र कार्यकर्ता), १०२ . श्याम दिवान (वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत), १०३. सिद्धार्थ (वकिल), १०४ . सोहेल हासमी (लेखक तथा वृत्तचित्र र फिल्म निर्माता) , १०५. . सोहराब हुरा (फोटोग्राफर), १०६.  सोनिया फालेरियो (लेखक र प्रकाशक) , १०७. श्रीनिवासन  जैन (प्रबन्ध सम्पादक-NDTV), १०८ . श्रीनिवासन रमानी (वरिष्ठ पत्रकार), १०९. सुधा नारायण (एसोसिएट प्रोफेसर, विकास अनुसन्धान इंदिरा गांधी संस्थान). ११०. सुनीत अरोडा (पत्रकार र सल्लाहकार सम्पादक, आउटलुक), १११. सुनीता नारायण (निर्देशक, विज्ञान र पर्यावरण केन्द्र), ११२. सुप्रिया  शर्मा (राष्ट्रिय सम्पादक, स्क्रोल), ११३ . सुशीला रविन्द्रनाथन (वरिष्ठ पत्रकार) , ११४. सुबिर कौल (प्रोफेसर, अंग्रेजी, पेंसल्वेनिया  विश्वविद्यालय), ११५. स्वामिनाथन एयर  (सल्लाहकार सम्पादक, टाइम्स अफ इन्डिया), ११६. सैयद हसन काजिम  (पत्रकार), ११७. सइदा हमीद (पूर्व सदस्य, योजना आयोग) , ११८. तन्मोय भादुरी ( फोटो जर्नालिस्ट) , ११९. तनवीर अजिज  (एसोसिएट प्रोफेसर, रमजास  कलेज, दिल्ली विश्वविद्यालय), १२० उज्ज्वल कुमार सिंह (प्रोफेसर, राजनीतिक विज्ञान विभाग, दिल्ली विश्वविद्यालय), १२१.  उत्तम सेनगुप्ता (कार्यकारी सम्पादक, राष्ट्रिय हेराल्ड), १२२ विपुल हाउस वाघला (परिवर्तन लागि मिडिया), १२३ वर्जिनिअस सासा (प्रोफेसर, तेजपुर विश्वविद्यालय, आसाम), १२४. विल्फ्रेड दिकोस्ता (इन्साफ), १२५ युग मोहित चौधरी (वकिल) l


 


भिडियो फिचरview all