menu

ताजा समाचार

संसोधनवादीहरूबाट विद्रोह गर्ने क्रम जारी

मार्क्सवाद-लेनिनवादको रट लगाउने तर कहिलै पनि सङ्घर्षका कार्यक्रम नदिने र आन्दोलनलाई चुनावी सीमामा मात्र सीमित पारेर समाजका जल्दाबल्दा समस्यालाई वेवास्ता गरेकाले माओवादी आन्दोलनले मात्र उत्पीडित वर्ग र समुदाएको समस्या हाल गर्नसक्छ र क्रान्तिलाई अगाडि बढाउँन सक्छ भन्दै 'कम्युनिस्ट पार्टी अफ अमेरिका' सम्बद्ध अमेरिकाका बिभिन्न राज्यमा रहेका कार्यकर्ताहरूले सो पार्टीबाट विद्रोह गरी माओवादी समूह र रेडगार्डहरू निर्माण गरिरहेको अवस्थामा  अमेरिकाको पोर्टल्यान्ड  राज्यका युवाहरूले २७ जनवरीका दिन 'पोर्टल्यान्ड माओवादी समूह' गठन गरेका छन् l

मालेमा अहिलेको युगको  मार्क्सवाद  हो र यसले  देखाएको बाटोमा अघि बढेर मात्र  अबको क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने उनीहरूको ठहर छ l उनीहरू भन्छन् :

 ''हामीहरू मार्क्सवादी-लेनिनवादी-माओवादी हौँ । मालेमा आजको युगको मार्क्सवाद हो । यो उत्पीडनको  अन्त्यसित सम्बद्ध क्रान्तिकारी सिद्धान्त हो, जुनचाहिँ कम्युनिस्ट आन्दोलनका व्यवहारका माध्यमबाट विकसित भएको हो । मार्क्सवाद-लेनिनवाद-माओवाद, महान् क्रान्तिकारी आन्दोलनको निरन्तरता—पेरिस कम्युन, बोल्सेविक क्रान्ति, चिनियाँ क्रान्ति र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता आन्दोलनबाट विकसित भएको हो ।"

त्यसैगरी संसारभरिका उत्पीडितहरूको स्वार्थ समान भएकाले क्रान्तिकारीहरूसित संयुक्त मोर्चा बनाएर अघि बढ्ने घोषणा उनीहरूले गरेका छन् l उनीहरू भन्छन् :

''विश्वभरिका उत्पीडित जनताको स्वार्थ एउटै हो र हाम्रो स्वार्थ पनि उनीहरूसित गाँसिएको छ l अमेरिकी साम्राज्यवादबाट मुक्त हुन चाहनेहरू प्रतिरोध गरिरहेका छन् l  अमेरिकी जनताले लडेको लडाइँ विश्वभरिका जनताले साम्राज्यवादका  विरुद्ध लडेको लडाइंसित लडाइंसित गाँसिएको छ ।  भारत, फिलिपिन्स र अन्यत्र बढिरहेको क्रान्तिकारी आन्दोलनले विश्वलाई विजयको नजिक ल्याउँने छ  । पुँजीवाद  एक्लै रहन नसकेझैँ पुँजीवाद विरुद्धको सङ्घर्ष पनि विश्वव्यापी सङ्घर्षसित गाँसिएको छ ।"


भिडियो फिचरview all