menu

ताजा समाचार

मधेसमा रैथाने मधेसी एकता परिषद् गठन

लाहान, माघ१५, प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीको योजनामा सिके राउतलाई देश बिखण्डनको उत्तेजनात्मक भाषण गर्न दिने तारतम्य मिलाइएको भनेर व्यापक प्रतिक्रिया र टीकाटिप्पणी चलिरहेको बेला, मधेसी मोर्चाले मधेसका रैथाने जनताको अधिकार खोसेर अंगीकृतहरूलाई दिने परिपंच मिलाउन थालेको  भनेर प्रतिरोधका लागि मधेसका रैथानेले 'रैथाने एकता परिषद्' गठन गरेका  छन् l आज लाहानमा एक कार्यक्रम गरी उनीहरूले सो कुराको जानकारी गराएका छन् l

शनिवार सिराहाको मिर्चैयाबाट विशाल मोटरसाइकल र्याली आरम्भ गरी लाहानमा पुगेर 'रैथाने एकता परिषद्' घोषणा गरिएको थियो l सो रैथाने एकता परिषद्को नेतृत्वमा भएको मोटरसाइकल र्यालीमा सिराहा, सप्तरी र धनुषाका युवाहरुको उल्लेख्यनीय  सहभागिता थियो ।

सन्तोष बराइलीको संयोजकमा गठित सो परिषदको विज्ञप्तिमा भूमिपुत्र रैथाने मधेसीका अधिकार खोसेर  उनीहरूलाई कमजोर पार्न भारतको स्वार्थमा मधेसी मोर्चा सक्रिय रहेको निश्कर्ष निकालिएको छ । मधेसी मोर्चाले अंगीकृत नागरिकहरुलाई प्रोत्साहन गरेको र उनीहरुलाई राजनीतिको केन्द्रमा पुर्याउँदै आएको कुराप्रति ध्यानाकर्षण गराउँदै, परिषद्ले अंगीकृतको साटो भूमिपुत्र रैथानेहरूलाई राजनीतिसहित समाजका सबै क्षेत्रमा अघि बढाउनु पर्ने कुरामा जोड दिएको छ ।

'रैथाने एकता परिषद्' द्वारा जारी विज्ञप्तिमा भनिएको छ :
 ''हिमाल, पहाड, तराई नेपालको अविच्छिन्न भूभाग हुन् र यहाँ पुर्खौंदेखि बसोबास गर्दैआएका सबै नेपाली हुन् भन्ने भावना विकास गर्न, मधेसी, थारु, दलित, मुस्लिम, पहाडी सबै जात, धर्म, सम्प्रदाय र क्षेत्रका बासिन्दाबीच सद्भाव कायम गर्न र विकास गर्न, जात, भाषा, धर्म, रंग, क्षेत्रका बासिन्दाबीच बढाउन खोजिएको कटुता अन्त्य गर्न र एकता विकास गर्न, पुस्तौदेखि नेपाली जमिनमा हुर्किएका, यहाँको हावा, पानी, जमिनबाट सिञ्चित रैथानेहरुलाई एकीकृत गर्न, सबै जातजाति, भाषाभाषी, धर्म, क्षेत्रका रैथाने नेपालीलाई अधिकार दिलाउन, सबै खाले रैथाने नेपालीको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न र विकास गर्न परिषद् गठन गरिएको हो।"
परिषद्को स्वरूप र चरित्रबारे प्रस्ट पार्दै भनिएको छ :

''यो राजनीतिक पार्टी होइन, यसमा जुनसुकै राजनीतिक दलमा रहेका, नरहेका सबै नेपाली अटाउन सक्छन्, यसले रैथाने नेपालीलाई संगठित गर्छ, आफ्ना हक अधिकारबारे उनीहरुलाई जानकार बनाएर सचेत बनाउँछ, राजनीतिक दल, सरकार, गैरसरकारी संस्था र सबै खाले निकायहरुलाई रैथाने नेपालीको पक्षमा कानुन बनाउन, तिनको कार्यान्वयन गर्न दबाब दिन्छ, यसले रैथाने नेपालीहरुलाई संगठित गर्न, केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ तहसम्मको संगठन बनाउँछ, रैथाने एकता परिषद अहिले प्रस्तावित छ, छिटै यो नेपालको संविधान, कानुन बमोजिम आवश्यक निकायमा दर्ता भई वैधानिक ढंगले अघि बढ्छ र शान्तिपूर्ण, लोकतान्त्रिक र मर्यादित ढंगले आफ्ना गतिविधी अघि बढाउँछ ।"

शनिवार सिराहाको मिर्चैयाबाट विशाल मोटरसाइकल र्याली आरम्भ गरी लाहानमा पुगेर 'रैथाने एकता परिषद्' घोषणा गरिएको थियो l सो रैथाने एकता परिषद्को नेतृत्वमा भएको मोटरसाइकल र्यालीमा सिराहा, सप्तरी र धनुषाका युवाहरुको उल्लेख्यनीय  सहभागिता थियो ।


भिडियो फिचरview all