menu

ताजा समाचार

जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कार्यक्रम

भारतमा चलिरहेको माओवादी जनयुद्धको समर्थनमा गठित अन्तराष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’  ले सन् २०१७ को पहिलो छ महिनाका लागि तय गरेका कार्यक्रमहरूमध्ये पहिलो कार्यक्रम  इटालीमा  जनवरी २८ देखि आरम्भ हुनेछ र फेव्रवरी ४ मा समाप्त हुनेछ । विचारगोष्ठी तथा अन्तर्क्रियात्मक एकहप्ते यस क्रार्यक्रममा भारतलगायत युरोपेली क्षेत्रका प्रगतिशील र साम्राज्यवाद विरोधी  पत्रकारहरू तथा प्राज्ञिक क्षेत्रसित सम्बद्ध मार्क्सवादी बुद्धिजीवीहरूको उपस्थिति रहनेछ ।

सो  संस्थाका अनुसार नेपालका माओवादी पार्टीहरू तथा बौद्धिक क्षेत्रलाई सो कार्यक्रममा सहभागी हुन आमन्त्रित गरिएको र नेकपा (क्रान्तिकारी माओवादी) ले सहभागी हुन रुचि राखेको भनिए पनि यसबारे आधिकारिक धारणा भने प्रस्ट हुनसकेको छैन । ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ ले चाहिं अभियानको सफलताको शुभकामना पठाएको जानकारी प्राप्त भएको छ ।

सो कमिटीले यस क्रार्यक्रमका लागि पोस्टरसमेत सार्वजनिक गरेको छ ।   

भिडियो फिचरview all