menu

ताजा समाचार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को वक्तव्य

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय प्रवक्ता कमरेड अभयले केही दिनअघि हत्या गरिएका पार्टीका वरिष्ठ नेता तथा पश्चिम घाटका इन्चार्ज कमरेड कुप्पु देराजलगायत अन्य सहिद कमरेडहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै हालै एउटा प्रेस वक्तव्य जारी गरेका छन् । नक्कली मुठभेडका नाममा गत २४ डिसेम्बरका दिन केरला राज्यको निलामपुरमा कमरेड कुप्पु देवराज (६२) सहित कमरेड अजिथा (५२) को हत्या गरिएको थियो ।

‘सर्वहारा वर्गका प्यारा छोरा, मुलुकका उत्पीडित जनताका साहसी नेता कमरेड कुप्पु देवराजप्रति लाल सलाम’ शीर्षक दिइएको सो वक्तव्यमा रमेश, योगेश र रायन्ना नामले पार्टीमा चिनिने कमरेड देवराज र कमरेड अजिथाप्रति हार्दिक  श्रद्धाञ्ली व्यक्त गर्दै सो हत्या मोदी सरकार र केरला राजयको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को मिलोमतोमा भएको कुरा उल्लेख गरेका छन् । वक्तव्यमा कमरेड देवराजलाई नक्सलवाडी आन्दोलनको उपज भन्दै भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (पिपुल्स वार) हुँदै माओवादी पार्टीको वरिष्ठ नेताका रूपमा अनवरत सक्रिय र सङ्घर्षशील पात्रका रूपमा चित्रित गरिएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ : ''कमरेड देवराज दलित परिवारसित सम्बद्ध हुनुहुन्थयो । सन् १९८५ देखि पूर्णकालीन सदस्य भएर पार्टी काममा लाग्नुभएको कमरेड देवराजले बैङ्लोर, मैसुर लगायत बिभिन्न  ठाउँमा मूलतः कारखानाहरू तथा युवाहरूका बीचमा काम गर्नुभयो । कमरेड आजाद र उहाँले तमिलनाडु, आन्ध्र मात्र नभएर बिहारमा समेत माओवादी आन्दोनलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । १९९५ मा कर्नाटक राज्य समितिको सेक्रेटरी हुँदे १९९७ मा उहाँ केन्द्रीय सदस्य हुनुभयो ।  सन् २००४ मा माओवादी पार्टीको निर्माण भयो र त्यसमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । २००७ मा एकता महाधिवेशन भयो र त्यतिबेला  उहाँले केन्द्रीय नेताको भूमिकामा तीनओटा राज्य तमिलनाडु, कर्नाटकार केरलाको जिम्मेवारी लिएर आन्दोलनको नेतृत्व गर्नु भयो ।"

त्यसैगरी वक्तव्यमा अगाडि भनिएको छ : ''कमरेड देवराज क्रान्तिकारीहरूबीच एकता गनुपर्छ भन्ने  कुराको अगुवाइ गर्नुहुन्थ्यो  । उहाँ फौजी दृष्टिकोणले पनि सक्षम  हुनुहुन्थ्यो  । वहांको नेत्रित्त्वमा पश्चिमघाटमा  पार्टीको संगठन विस्तार तथा फौजी गतिवित्धी तीव्र हुनथालेपछि मोदी सरकारको बाटो पछ्याएको केरालाको कथित मार्क्सवादी सरकारले मुठभेडका नाममा उहाँ र अजिथाको हत्या गर्यो l उहाँ अङ्ग्रेजी, मलायाली, तामिल, कननड र तेलगु भाषाको ज्ञाता हुनुहुन्थो । भारतीय क्रान्तिले दलित परिवारबाट आएको एकजना होनहार नेता गुमायो ।"

वक्तव्यको अन्त्यमा भनिएको छ :
''उहाँ हुनुहुन्न, तर उहाँले उठाएको झन्डालाई पश्चिमघाटमा अझ माथि उठाउन पार्टी र कार्यकर्ताहरू दृढ सङ्कल्पित छन्  । जेजस्तो, नोक्सानी र दमन किन नहोस् ,आन्दोलन अगाडि बढ्नेछ र शासक वर्गको  शोणणलाई निर्मूल पारेर जनताको सत्ता, नयाँ जनवादी सत्ता स्थापना  गर्दै समाजवाद र साम्यवादको लक्ष्यमा  पुग्न पार्टी दृढ सङ्कल्पित छ l "

भिडियो फिचरview all