menu

ताजा समाचार

अन्ततः वार्ता वार्तामै टुंगियो

फिलिपिन्स कम्युनिस्ट पार्टी र फिलिपिन्सको दुतार्ते सरकारबीच गत जुनदेखि आरम्भ भएको शान्ति वार्ता अन्ततः वार्तामै  टुङ्गिएको छ । नर्वेली शान्ति मिसनको मध्यस्थतामा भएको शान्ति वार्ताको तेस्रो चरण २४ तारिखका दिन सम्पन्न भएको छ ।

पार्टीको वैधानिक मोर्चा ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्स’ का प्रतिनिधिहरू र सरकारका प्रतिनिधिहरू दुवैले वार्ताका बीचमा केही घटनाहरू भए पनि वार्ता फलदायी भएको, एकअर्काका  समस्या बुझ्न सहयोग मिलेको धारण्ण व्यक्त गरेका छन् ।

फिलिपिन्स कम्युनिस्ट पार्टीले मूलतः दुइटा माग राखेको थियो, जसमा राजबन्दीहरूको आम माफी तथा  विगतमा भएको ‘कम्प्रिहेन्सिभ एग्रिमेन्ट अफ सोसियो-इकोनमिक रिफर्म’  थिए । पहिलोको सम्बन्ध जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाइसित थियो भने दोस्रो सामाजिक-आर्थिक सुधार भने पनि यसको सम्बन्ध आर्थिक नीतिमा सुधारसहित सत्ता साझेदारीसित थियो ।

पार्टीले वार्ताका क्रममा भएका घटनाका सम्बन्धमा ठाडो प्रतिक्रिया व्यक्त नगरे पनि ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्स’का तर्फबाट वार्तामा सरिक भएकाहरू सामान्य सुधार तथा उधारो आश्वासनमा नफसुन् भनेर जन सेना तथा जवसमार्फत वार्ताकारहरूलाई खबरदारी गरिरहेको थियो । सडकमा लागेको ‘वार्ता होइन, बन्दुक, जनयुद्धको निरन्तरता’  को नारा यसैको उपज थियो ।

सरकारी पक्षले युद्धविराम लम्ब्याउने उदेश्यले NDF ले राखेका मागबारे सरकारमा ब्यापक छलफल गर्न र यसका कानुनी तथा अन्य प्रावधान मिलाउन समय लाग्ने भनेको छ । खास गरेर ‘कम्प्रिहेन्सिभ एग्रिमेन्ट अफ सोसियो- इकोनमिक रिफर्म’ को खाका  तयार पार्न भनेर सरकारी पक्षले  समय बढाउन भनेको छ । वास्तवमा आममाफीपछि पार्टीको हात माथि पर्ने भएको र सेनाको पनि चाहना हुनु पर्ने भएकाले दुतार्ते सरकार समय बढाउन चाहन्छ ।
 
यसैबीच पार्टीका तर्फबाट निर्माण गरिएको वार्ता टोलीका अध्यक्ष  अग्कावइलीले प्रेस विज्ञप्ति जारी गर्दै दुवै थरी सहमति कायम गरेर जान सहमत भएको र मेसम्म एउटा टुङ्गोमा पुगिने धारण्ण राखेका छन् । उनले भनेका छन् : “आपसी समझदारी र विश्वाससित सम्बद्ध यस्ता थुप्रै गम्भीर मुद्दाहरू छन्,  जसको समाधानपछि नै शान्तिसहमति अगाडि बढाउन सकिन्छ ।”

माथिको भनाइबाट वार्ता सकारात्मक भनिए पनि अझै विश्वासको वातावरण नबनेको कुरा दुवै थरीका भनाइबाट  बोध गर्न सकिन्छ ।  स्मरण रहोस्, सो वार्तालाई लिएर युरोपेली माओवादीहरू, त्यसमा पनि जर्मन माओवादीहरूले “कतै फिलिपिन्स कम्युनिस्ट पार्टी’ कार्यनीतिक प्रश्न भन्दै नेपालको माओवादी पार्टीले जस्तै आत्मसमर्पण गर्ने त होइन ?” भनेर लिखित रूपमै धारणा व्यक्त गरिसकेका छन् ।

भिडियो फिचरview all