menu

ताजा समाचार

फिलिपिन्स : दुई थरी सेनाबीच गोली हानाहान

फिलिपिन्स कम्युनिस्ट पार्टी र दुतार्ते सरकाबीच तेस्रो चरणको वार्ता चलिरहेको अवस्थामा थरीथरीका समाचार र घटनाहरूका कारण वार्ता अघि बढ्ने कुरामा चौतर्फी रूपमा प्रश्नहरू उठेका छन् ।

त्यहाँको नाम चलेको पत्रिका 'मनिला स्ट्यान्डर्ड' ले वार्ताको विषयलाई लिएर फिलिपिन्स पार्टीभित्रै मतमतान्तर रहेको कुरासित सम्बद्ध लेख प्रकाशित गरेको छ l  नेस्नल डेमोक्रेटिक फ्रन्टक वरिष्ट सल्लाहकार जलान्दोलीको टिम जसरी पनि वार्ता अघि बढाउनु पर्छ र समझदारी बनाउनु पर्छ भन्ने, अर्को बिनितो र विल्माको टिम युद्धविरामको समयमा भएको समझदारी अनुसार राजबन्दी नछाड्ने हो वार्ता अघि बढाउनु नहुने  भन्ने र वार्ता अलमल्याउने मेलो मात्र हो, सरकार षड्यन्त्र गर्दैछ,   युद्धविराम भङ्ग गरी पुनः युद्धका जानुको विकल्प छैन भन्ने निष्कर्षमा जन सेनाको अप्रेसन कमाण्ड प्रमुख जर्ज माद्लोस रहेको भनेर सो लेखमा उल्लेख गरिएको  छ ।

 वार्ता टोलीको नेतृत्व गरिरहेको टोलीका प्रवक्ता फिडेल अपकोलीले यो सबै वार्ता भांड्ने चाल हो र पाटीमा  यसबारे कुने भ्रम छैन भनेर सो पत्रिकाको समाचारको खण्डन गरेका छन् ।

यसैबीच २१ तारिखका दिन पार्टीको किसान मोर्चासित सम्बद्ध दुई जना नेताको सरकारी भिजिलान्तेले गरेको हत्याको विषयलाई लिएर पार्टी र मोर्चाले सरकारको विरोध गर्दे सरकार दोहोरो भूमिका खेलिरहेको आरोप लगाएको छ । 

त्यसै गरी युद्धविरामको समयमा गरिएका समझदारी पालना गर्ने कुरामा गम्भीरताको अभाव र वार्ताकै भविष्यबारे प्रश्न उठिरहेको अवस्थामा २२ तारिखका दिन फिलिपिन्सको उत्तरी कोराबाटो भन्ने ठाउँमा 'नयाँ जनसेना' र सरकारी सेनाबीच दोहोर गोली हानाहान भएको छ । जन सेनाले आफ्नो एक जना छापामार सेना सहिद भएको र आठ जना दुस्मन धरासायी भएको जानकारी  गराएको छ । जनसेनाले सरकारी सेनाले गोलावारी गरेर युद्धविराम भङ्ग गरेको आरोप पनि लगाएको छ ।

वार्ताकै क्रममा भएको किसान नेताहरूको हत्या र  सरकारी सेनाबाट भएको गोलावारीको विषयलाई लिएर पार्टीकार्यकर्ता   र बन्दीका परिवार आक्रोसित भएका छन् । 'बन्दीहरूको  आम माफी गर्' , 'किसान नेताको हत्यारालाई कारबाही गर्'  भनेर सडकमा दिनहौँजसो नाराजुलुस भएका छन् ।  आज मात्र फिलिपिन्स कम्युनिस्ट पार्टीसित सम्बद्ध विभिन्न जनबर्गीय संगठनहरूका कार्यकर्ताले  जुलुसको प्रदर्शनका साथ  जनयुद्धलाई निरन्तरता दिने शपथ खाएको व्यहोरा फिलिपिन्स कम्युनिस्ट पार्टी नजिक रहेका माध्यमहरूले जनाएका छन् ।

आजै वार्ता र हिजो २२ तारिखमा भएको सरकारी सेनाको हर्कतबारे प्रस्ट पार्दै l  नेस्नल डेमोक्रेटिक फ्रन्टका तर्फका वार्ता समितिका अध्यक्ष अग्काओइलीले ''सरकारले युद्धबिराम भंग गरेर जनसेनाको हत्या गर्छ भने आफूहरू पनि युद्धविरामबारे नयाँ किसिमले सोच्न बाध्य हुने'' कुरा जनाएका छन् l

भोलि बार्ताको तेस्रो चरणको अन्तिम दिन हो l अहिलेसम्मको प्रगति भनेको पूरक शान्तिसम्झौतामा हस्ताक्षर र 'संयुक्त अनुगमन समिति' को निर्माण हो l पार्टीका तर्फबाट प्रमुख वार्ताकार अग्काओइली भोलि २४ तारिखको वार्ता सामाजिक-आर्थिक मुद्दामा प्रवेश गर्ने जानकारी दिएका छन् l 
भिडियो फिचरview all