menu

ताजा समाचार

बहसमा सिपिपी र जिआरपी बीचको 'शान्ति वार्ता'

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न फिलिपिन्समा ४७ वर्षदेखि जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र रोड्रिगा दुतार्तेको नेतृत्वमा रहेको फिलिपिन्सको सरकारबीच चलेको 'शान्तिवार्ता' तेस्रो चरणमा प्रवेश गरेको छ र दुवै पक्ष आफ्ना अडानहरूलाई बढीभन्दा बढी मात्रामा पूरा गर्ने/गराउने प्रयासमा लागेका देखिन्छन् । अहिले युद्धविराम हुँदा  भएका सैद्धान्तिक सहमतिहरू पनि खासै अगाडि बढ्न सकेको  स्थिति छैन । फिलिपिन्स कम्युनिस्ट पार्टीका  संस्थापक नेता जोसे सिसनको नेतृत्वमा रहेको वैधानिक मोर्चा नेस्नल डेमोक्रेटिक मोर्चा (NDF) का माध्यमबाट शान्ति वार्तामा सहभागी  भएको छ । 

वामपन्थी पृष्टभूमि भएका देतार्तेले सरकारको नेतृत्व लिएपछि र ओबामा सरकारसित खटपट चलेपछि फिलिपिन्स कम्युनिस्ट पार्टीसित वार्ताको प्रक्रिया प्रक्रिया सुरु भएको थियो र अमेरिका र फिलिपिन्सबीचको सैन्य सम्झौता यसका लागि बाधक बनेको थियो । अमेरिका यसका लागि तयार नदेखिएपछि जुन २०१६ देखि दुतार्तेले आफ्नै पहलमा यो प्रयास आरम्भ गरेका थिए ।  आरम्भमा केही मन्त्रीपद लिएर  सरकारमा सामेल हुनका लागि सिपिपीका सामु उनले प्रस्ताव राखेका थिए । यसलाई सिपिपीले नमानेपछि नयाँ किसिमले सहमति गरी, युद्धविरामका साथ अगाडि बढ्ने भनेर शान्तिवर्ताका लागि दुवैतिर कमिटीहरू बनेका थिए र औपचारिक–अनौपचारिक वार्ताहरू आरम्भ भएका थिए ।

वार्ता चलिरहेकै क्रममा सहमतिअनुसार सरकार नचलेका कारण कुनै पनि बेला वार्ता भङ्ग हुन सक्ने भनेर एनडिएफका प्रतिनिधिका साथै जनमुक्ति सेनाका तर्फबाट पनि वक्तव्य प्रकाशित भएको थियो ।  दुतार्ते सरकारले चाहिँ युद्धविराम अर्झै लम्बयाउने तथा सहमतिको दायरा फराकिलो पार्ने कुरा उठाइरहेको छ । सबै बन्दी रिहाइको माग पूरा भएपछि लेनदेनमा आफू कमजोर होइने सरकारी  तर्क छ । अहिले इटालीमा तेस्रो चरणको वार्ता चलिरहेको छ र आज यसको तेस्रो दिन हो ।
 
''सौहार्द्र किसिमले वार्ता अघि बढेको” भनिए पनि यसमा खासै प्रगति भएको देखिँदैन । वार्ताको आरम्भमा  सम्बोधन गर्दै एनडिएफका प्रमुख सिसनले ''यो वार्ताले जनताले सङ्घर्ष गर्दै आएका आर्थिक, सामाजिक र राजनीतिक समस्या हल  गर्ने कुरामा सघाउ पुर्यावस्" भनेर आफ्नो कुरा राखेका थिए । सिपिपीले मूलतः  दुइटा मुद्दामा जोड दिएको छ : सबै राजबन्दीको रिहाइ, पार्टीका थुप्रै नेताहरू, प्रमुख नेताहरू नै बन्दी अवस्थामा छन् । साथै उनीहरूले उठाएको अर्को प्रमुख माग भूमिसुधार हो । उनीहरूले पहिलेदेखिको आफनो माग ‘कम्प्रिहेन्सिभ एग्रिमेन्ट अन सोसियल एन्ड इकोनोमिक रिफर्मस्’ मा जोड दिएका छन् ।
 
फिलिपिन्स कम्युनिस्ट पार्टी र त्यहाँको दुतार्ते सरकारबीच चलेको वार्ताले कुन मोड लेला भन्ने कुरा आज २२ तारिखमा हुने वार्ताले प्रस्ट पार्ने छ l यस वार्तालाई लिएर युरोपली माओवादीहरू भने सन्तुष्ट हुन सकेको पाइँदैन । पहिले पनि यसैगरी अक्विनो सरकारसित वार्ता  भएको र त्यसको परिणाम उल्टो भएको, वार्तकै क्रममा १३ जना किसानको हत्या भएको सन्दर्भमा यो वार्ता उल्टै प्रत्युत्पादक हुन सक्ने आशङ्कका साथै वार्ता 'सफल' भए पनि यो वार्ता नेपालको माओवादी  आन्दोलनजस्तो एक किसिमले आत्मसमर्पणको स्थितिमा पुग्ने पो हो कि भन्ने आशङ्का उनीहरूले गरेका छन् । यसै क्रममा जर्मन माओवादी कमरेड जोफुले लेखमार्फत नर्वेलीझरू  संलग्न वार्तामा सङ्घर्षरत पक्ष जहिल्यै पनि आत्मसमर्पणको स्तितिमा टुङ्गिएको र नेपालको माओवादी आन्दोलनको जस्तो स्थिति फिलिपिन्सको माओवादी आन्दोलनको पनि नहोस् भनेर चिन्ता जाहेर  गरेका छन् ।



भिडियो फिचरview all