menu

ताजा समाचार

एकै दिन दुई माओवादीका विशेष कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले एकै दिन काठमाडौँमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् l

आठौं महाधिवेशनका सन्दर्भमा विप्लव समूहले देशव्यापी जिल्ला सम्मेलन गरिरहेको छ l मुलुकको राजधानी र संघर्षको केन्द्र भएकाले काठमाडौँको जिल्ला सम्मेलनले विशेष अर्थ राख्दछ l 'उत्तर-साम्राज्यवाद' अर्थात् साम्राज्यवादको अन्त्य को पुर्पक्ष गर्दै आएको विप्लव समूहले पार्टीको नामबाट माओवाद पनि हटाउने किसिमको दस्ताबेज महाधिवेशनमा प्रस्तुत गर्न लागेको कुरा संचार माध्यमले जनाएका छन्
 
विचार र सङ्गठनको रक्षा आफ्नो सङ्गठनले गरेको र आन्दोलनको मूल केन्द्र पनि आफ्नो सङ्गठन रहेको आव्हानका साथ यताका दिनमा देशव्यापी अभियानमार्फत सङ्गठन सुदृढीकरण र आन्दोलनमा सक्रियता प्रदर्शन गरिरहेको कमरेड किरणको नेतृत्त्वमा रहेको माओवादी समूहले पनि हिजो आफ्नो तीन महिने कार्यक्रमको उद्घाटन गरेको छ l 
 
काठमाडौँको कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य 'किरण' ले गाईको बथानमा ब्वाँसो छिरेजस्तै भएर क्रान्तिकारी पार्टीमा प्रतिक्रान्तिकारी धोकेबाज छिरेका हुनाले  क्रान्तिले  धोका खाएको धारणा व्यक्त गर्नुभयो  । विगतमा क्रान्तिकारी पार्टीभित्रै रहेका प्रतिक्रान्तिकारीहरुका कारण पार्टी कमजोर अवस्थामा पुगेको कुराको चर्चा गर्दै  अब पुनः जनतामा जान लागेको कुरा पनि उहाँले प्रस्ट पार्नु भयो ।

अरू बेलाको भन्दा अलि बढी नै कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको सो कार्यक्रममा कमरेड किरणले जनताबाट लिएर जनतालाई नै दिनुपर्ने कुरामा जोड दिनुभयो l उहाँले भन्नुभयो :  ''जनसमुदायबाट उर्जा प्राप्त गरेर, जनसंगठनलाई सुदृढीकरण गर्दै क्रान्तिको तयारीमा जुट्नुपर्ने हुन्छ, हामी त्यतैतिर जाँदैछौं l "

उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो :

''अहिले संविधान संशोधनको पक्ष र विपक्षमा उभिएका दलहरु दुईओटा बोतलका एउटै रक्सी भएको र उनीहररूबाट जनताले धोका पाएका कारण अब क्रान्तिकारी माओवादीले मात्र वास्तविक अर्थमा जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्नसक्छ ।"

माओवादी पार्टीको नेतृत्वमा सञ्चालित १० वर्षे जनयुद्ध पराजित भएको नभई क्रान्ति नहारेको भन्दै धोका दिइएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो  । विगतमा ७ डिभिजन सेना निर्माण गरेको स्मरण गर्दै आवश्यक परेमा फेरि पनि सेना निर्माण गरेर क्रान्तिको बाटोमा अघि बढ्ने उद्घोष उहाँले गर्नुभयो ।

सो कार्यक्रममा रामसिंह श्रीस लगायतका नेताहरूले पनि बोल्नुभएको थियो l

। त्यसैगरी पूर्वको कार्यक्रमको उद्घाटन कमरेड गौरवले गर्नुभएको थियो l

भिडियो फिचरview all