menu

ताजा समाचार

लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी

नोभेम्बर २४, २०११ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ नेता पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक हत्या गरेको थियो ।

खासगरेर चारुको मृत्युपछि बंगालमा अस्तव्यस्त अवस्थामा पुगेको माओवादी आन्दोलनलाई सही दिशा दिन कमरेड किसनजीको महत्त्वपूर्ण भूमिका छ  सन् २००४ मा पिपुल्स वार र बिहार-बङ्गालमा सक्रिय माओइस्ट सेन्टरबीच एकता प्रक्रियालाई अगाडि बढाउन उनको महत्वपूर्ण भूमिका रह्यो ।

२००७ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एकता अधिवेशनपछि उनको भूमिका झन् बढ्यो । बङ्गाली पनि राम्रोसित बोल्न सक्ने राव पार्टीमा प्रह्लाद, रामजी, बिमल र किसनजी नामले परिचित थिए र हत्या हुँदाको समयमा उनी माओवादी पार्टीको ‘इस्टर्न रिजनल ब्युरो’  सदस्य तथा सो ब्युरोको प्रवक्ताको जिम्मेवारीमा थिए । उनकै नेतृत्त्वमा लालगढ ऐतिहासिक जनआन्दोलन  भएको थियो ।

उनलाई नायक बनाएर नवभारत टाइम्सक वरिष्ठ पत्रकार सिन्धेन्धु भट्टाचार्यले लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी शीर्षकमा एउटा किताब तयार पारेका छन् ।

यस पुस्तकमा नक्सलबाडी किसान आन्दोलनदेखि किसनजीको हत्या भएको समयसम्मका घटनाहरूलाई समेटिएकोछ । उनले लेखेका छन् :

“१९९५ दृखि २००८ सम्म किसनजी बङ्गालको नक्सलवादी आन्दोलनलाई पुनर्जीवित गर्ने मूल योजनाकार थिए । माओवादी आन्दोलनमा उनको जति अनुभव भएका माओवादीहरू थोरै थिए । १९८० को दशकमा सिपिआइ (एमएल) (पिडब्ल्यु) को विकास कालमा अहिलेका महासचिव गणपति पनि उनीअन्तर्गत काम गर्थे ।
एउटा गाउँदेखि अर्को गाउँमा पुलिस स्टेसनको वरिपरिसमेत पिठ्युँमा ल्यापटपको झोला, साइडमा ए.के. फिप्टिसेवेन भिरेर सुरक्षा कमान्डका साथ हिँड्ने ५४ वर्षीय त्यो मान्छेको एउटा मोबाइल फोन नै भारत सरकार र राज्यसरकारको प्रतिरोधका लागि पुग्दो थियो ।"


 उनको पुस्तक लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी को समीक्षा  गर्दै निशान्त छिन्कवीले लेखेका छन् :
''यो पुस्तक खास गरेर राजनीति र जनता र राष्ट्रको सामाजिक परिवर्तनमा लागेकाहरूका लागि एकदमै आवश्यक पुस्तक हो ।"

उनले अगाडि लेखेका छन् :
 “लालगढ शान्त छ, मेलमिलामका रहेको देखिन्छ, छ, तर उसले न्यायका लागि पर्खेर जेलजीवन बिताइरहेका आफ्ना छोराछोरीहरूलाई बिसैको छैन ।”

भिडियो फिचरview all