menu

ताजा समाचार

माओवादी पार्टी फ्रान्सको आह्वान

सन् २०१६ देखि २०१८ सम्मलाई  विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले विशेष वर्षका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१७ मा ‘अक्टोवर क्रान्तिको शतवार्षिकी’ र  ‘नक्सलवाडी सशस्त्र किसान आन्दोलन ५० वर्ष’ सम्बन्धी कार्यक्रमहरूहरू भइरहेका छन् । जनवरीदेखि अप्रिलसम्म ‘अक्टोवर क्रान्तिको शतवार्षिकी’ र मे महिनाभरि  ‘नक्सलवाडी सशस्त्र किसान आन्दोलनको ५० वर्ष’ को विश्वव्यापी कार्यक्रम हुनेछ ।

यसै सन्दर्भमा जर्मनीका माओवादीहरूले लेनिन, कार्ल लिब्खनेख्त र रोजा लक्जम्बर्गको सम्झनामा यही जनवरी महिनामा जनसभा र जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् र विश्वभरिका माओवादीहरूलाई यसमा सहभागी हुन आह्वान गरेका छन् ।

यसै क्रममा सो कार्यक्रमको सफलताका लागि माओवादी कम्युनिस्ट पार्टी  फ्रान्सले प्रेस विज्ञप्ति जारी गरी “अक्टोबर क्रान्तिको शतवार्षिकीले हामीले आम जनताका लागि गर्नुपर्ने हाम्रा राजनीतिक जिम्मेवारीहरू अगाडि बढाउँदै र  मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको बुझाइलाई समृद्ध पार्दै क्रान्तिका बाँकी कामहरू तीव्र पार्न आह्वान गर्दर्छौँ” भनेको छ । उसले सन् २०१७ लाई जनयुद्धको बाटोमा अघि बढ्ने वर्षका रूपमा मनाउन पनि आह्वान गरेको छ ।

सो पार्टीले, यो वर्ष युरोपका माओवादी पार्टी तथा सङ्गठनहरूबीच सम्बन्ध मजबुत हुने र अन्तर्राष्ट्रिय आन्दोलन नयाँ किसिमले विकासित हुने कुराप्रति पनि विश्वास जाहेर गरेको छ ।

सो पार्टीको वक्तव्यको पूर्णपाठ यसप्रकार छ ।

कमरेडहरू,

फ्रान्समा एक वर्षअघि गठन भएको माओवादी पार्टी ‘पार्टी कम्युनिस्टे माओइस्टे’, लेनिन, लिब्खनेक्त र  लक्जमबर्गको सम्झनामा अहिले सन् २०१७ मा तपाईँहरूले गर्न लाग्नुभएको जनसभा लगायतका कार्यक्रमहरूप्रति न्यानो अभिवादन प्रकट गर्दछ । ती कायक्रमहरूमा उपस्थित हुन नसकेकोमा हामीलाई पछितो लागेको छ र हामी यसमा क्षमायाचना गर्दछौँ ।

क्रान्तिकारीहरूका लागि यो वर्ष विशेष महत्वको वर्ष हो । अक्टोबर क्रान्तिको शतवार्षिकीले हामीलाई हाम्रा जनताका माझ हामीले गर्नुपर्ने हाम्रा राजनीतिक जिम्मेवारीहरू अगाडि बढाउँदै, मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको हाम्रो बुझाइलाई समृद्ध पार्दै क्रान्तिका बाँकी कामहरू तीव्रताका साथ अघि बढाउन हामीलाई आह्वान गर्दछ ।

कार्ल लिब्केनेक्तले भनेजस्तै— मुख्य दुस्मन घरमै छ, यो भनेको पहिलो र हाम्रा सामु उभिएको बुजूर्वा वर्ग नै हो । त्यसैले साम्राज्यवादी मुलकका कम्युनिस्टहरूका नाताले, हाम्रो भूमिका  एकदमै गहन छ । तीव्र बन्दैगएको अन्तर्साम्राज्यवादी अन्तर्राष्ट्रिय अन्तर्विरोधले विश्वलाई युद्धतर्फ धकेल्दैछ र त्यो भन्दा बढी निर्मम पुँजीवादी शोषणले थुप्रैलाई अथाह किसिमले सिकार बनाइरहेको छ ।
 
सय वर्षअघिजस्तै अहिले जताततै आर्थिक सङ्कट भए पनि सामाजिक प्रजातन्त्रको कुरा गर्नेहरू फासिवादलाई अँगालिरहेका छन् । कार्ल लिब्खनेक्त, अन्सर्ट थलमनसहित थुप्रै सर्वहाराहरू  बलिदानको लडाइमा होमिनुभयो, तर जहाँजहाँ हाम्रा झन्डा फहराइएका छन्, त्यहाँत्यहाँ उहाँहरू बाँचिरहनुभएको छ । युरोपमा कम्युनिस्ट आन्दोलन विकास भइरहेको कुराले उहाँहरूलाई अवश्य पनि हर्षित तुल्याउँनेछ । हामी जर्मनीमा विकास भइरहेको कम्युनिस्ट आन्दोलनबाट हर्षित छौँ, जसका गतिविधिले हामीलाई प्रोत्साहित गरिरहेको छ । हिजोक झैं, आज पनि जर्मनीमा कम्युनिस्ट पार्टीको विकास मूल लक्ष्य रहेको छ । जर्मनीका कम्युनिस्टहरू प्रतिक्रियावाद र फासिवादलाई परास्त गर्ने सक्षम हुनेछन् भन्ने विश्वास जाहेर गर्दछौँ ।

२०१७ मा आफ्ना थुप्रै कामहरू सम्पन्न गर्न तपाईँ कमरेडहरू सक्षम हुनुहुनेछ भनेर हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यो वर्ष युरोपका माओवादी पार्टी तथा सङ्गठनहरूबीच सम्बन्ध थप मजबुत हुने र अन्तर्राष्ट्रिय आन्दोलन नयाँ किसिमले विकसित हुने कुरामा हामी आशावान छौँ ।

लेनिन, लिब्खनेक्त, लक्जमबर्गको सम्झना : बाँचिरहोस् !
सर्वहारा अन्तर्राष्ट्रियतावाद : अमर रहोस्
सन् २०१७ मा जनयुद्धको दिशामा अघि बढौँ ।
 

अनु. डा. ऋषिराज बराल
भिडियो फिचरview all