menu

ताजा समाचार

माओवादी एम्बुसमा परेर कोब्रा बटालियनका दुई जना सह कमान्डरसहित ६ जना मरणासन्न

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादी विरुद्ध कम्बिङ अप्रेसनमा गएको कोब्रा बटालियन विशेष फोर्स माओवादी एम्बुसमा परेर सहकमाण्डरसहित ६ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् l लाथेरको बुढा पाहाड भन्ने ठाउँमा भएको यो घटनाका घाइतेहरूलाई हेलिकप्टरद्वारा उद्धार गरेर राँची अस्पताल पुर्याइएको कुरा पनि छ संचार माध्यमहरूले जनाएका छन् l

सो क्षेत्रमा एकै दिन भएका तीनओटा एम्बुसका घटनाबारे पूर्ण समाचार सरकारले बाहिर ल्याएको छैन र सरकारका तर्फबाट थप फोर्स त्यहाँ पठाएर कम्बिङ अप्रेसन जारी रहेको मात्र जानकारी दिइएको छ ।

यसैबीच माओवादीहरूको कब्जामा परेका  भारतको मलकानगिरी जिल्लामा स्थानीय निर्वाचनको तयारीमा गएका चारजना चुनाव अधिकारीहरूलाई माओवादीले जनअदालतमा उभ्याएर राजनीतक प्रशिक्षण दिएर कबोल्नामासहित  सकुशल घर पठाएका छन् l

भिडियो फिचरview all