menu

ताजा समाचार

पहिलो चरणका कार्यक्रमहरू सम्पन्न

राष्ट्रियताको मुद्दा, मूलतः जलस्रोतमाथि भारतीय हस्तक्षेपको विरुद्धमा र अनाधिकृत रूपमा भारतले विराटनगरमा राखेको कन्सुलर कार्यालय हटाउने विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको कार्यगत एकताको वहिलो चरणका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

विरोध कार्यक्रमकै बीचमा अपर कर्णाली सम्झौताको म्याद थपेर सरकारले चुनौतीको वातावरण तयार पारेको र आयोजकहरूले ''जसरी पनि भारतीय झन्डा फ्याल्ने" भनेर भनेको अवस्थामा मुठभेडको स्थिति उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्थानीय प्रशासनले कन्सुलर कार्यालय वरिपरि मात्र नभएर निकै परसम्म बाक्लो रूपमा प्रहरी तैनाथ गरेको थियो ।

पार्टी तथा जनवर्गीय संगठनको झन्डासहित बिराटनगरको मुख्य बजारबाट निस्किएको जुलुस  ट्राफिक चोक, लोकतान्त्रिक चोक हँदै कन्सुलर कार्यालयतर्फ अगाडि बढ्दै जाँदा चार घेरामा तैनाथ गरिएको जनपथ र सशस्त्र प्रहरीसँग प्रदर्शनकारीको केहीबेर झडपसमेत भएको थियो । स्थिति तनावपूर्ण भए पनि नेताहरूको “शान्त मनस्थिति” का कारण कार्यक्रम ‘शान्तिपूर्ण किसिमले” सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता धमेन्द्र बास्तोला तथा नेपाल कम्युनिस्ट पार्टी (मसाल) की नेता मिना पुनले आआफ्नो धारणा राखेका थिए ।

पहिलो चरणका कार्यक्रमअन्तर्गत काठमाडौँमा भएको विचारगोष्ठी प्रभावकारी भए पनि सुर्खेत र सङ्खुवासभाका कार्यक्रमहरू त्यति प्रभावकारी हुन नसकेको भन्ने टिप्पणी आइरहेको सन्दर्भमा विराटनगरमा भएको कार्यक्रम जनसहभागिताका दृष्टिले पहिलेका कार्यक्रमभन्दा प्रभावकारी भए पनि विषयवस्तुको गम्भीरताका दृष्टिले कार्यक्रम जति प्रभावकारी हुनुपर्थ्यो, त्यति हुन नसकेको टिप्पणी सर्वसाधारणको रहेको छ l

भिडियो फिचरview all