menu

ताजा समाचार

भाकपा (माओवादी) को पछिल्लो भनाइ

गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित भएको छ । भारतको एउटा बहुचर्चित अङ्ग्रेजी पत्रिकाले मलकानगिरी आधारक्षेत्रमा नै गएर त्यहाँ छापामारसितै खाना खाएर राती पनि त्यहीँ बसेर लिएको भनिएको अन्तर्वार्तामा दण्डकारण्य तथा भाकपा (माओवादी) का पुर्वी जोनका इन्चार्ज कमरेड गणेशले थुप्रै महत्वपूर्ण कुरामाथि प्रकाश पारेका छन् । उनले सङ्गठन निर्माण, सैन्य क्षेत्रको परिचालनमा नवीनता तथा तथा जनसम्बन्ध विस्तार, तीनओटा कुरामा जोड दिएका छन् ।

“मलकानगिरीमा ठूलो नोक्सानी ब्यहोर्नु भयो, अब कसरी जानुहुन्छ ?” भन्ने प्रश्नको उत्तरमा  उनले यो तत्कालको धक्का हो, बडो क्रुर किसिमले सरकार आयो, त्यो वास्तवमा माओवादीका नाममा आदिवासी जनतामाथिको आक्रमण थियो । मलकानगिरी आधारक्षेत्र हो, यहाँ जनसरकार छ । तपाईँ यहाँ सबै कुरा देखिरहनुभएको छ, र पनि हामीले यसलाई गम्भीरताका साथ हेरिहेका छौँ भनेर उनले भनेका छन् ।
 
''के तपाईँहरू छापामार युद्ध छाडेर चिनियाँ मोडेलको जनमुक्ति सेनाको शैलीमा जाँदै हुनुहुन्छ" भन्ने प्रश्नमा कमरेड गणेशले आफनो पार्टीले ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी’ बाट ‘पिपुलल्स लिबरेसन अर्माी’ मा फेरिने निर्णय २००७ मै गरेको र अब यसतर्फ जाँदैछौं l हाम्रो पकड भएको ठाउँमात्र होइन,  अन्य क्षेत्रममा पनि यसको विस्तार गर्दछौँ र अब हामी शैलीमा परिवर्तन गरेर चिनियाँ शैली, जनकेन्द्रित भएर अघि बढ्छौँ ।

''तपाईँहरू बङ्गाल-झारखण्डमा कमजोर हुनुभएको छ नि" भन्ने प्रश्नमा उनी भन्छन् : ''अवश्य पनि त्यहाँ हामीले  सही नीति र योजना नबनाउँदात्यस्तो भएको छ । ममता बनर्जीलाई बुझ्न नसक्नु कमाजोरी भयो । हामीले किजसनजीको बदला लिन्छौँ भनेकै होँ र लिन्छौं पनि, तर व्यक्ति हत्या गरेर होइन,  उनलाई राजनीतिक रूपबाटै सिध्याउने हो ।"

माथिल्लो नेतृत्व स्थिति नि भनेर सोधिएको प्रश्नमा उनले —''हाम्रो माथिल्लो नेतृत्वको कि त हत्या भएको छ कि त पक्राउ । कमरेड आजाद, कमरेड किसनजीको हतया भएको छ, पिबी रावको मृत्यु र प्रचार विभाका कमरेड कोबाध गान्धी  लगायतका कमरेडहरू जेलमा हुनुहुन्छ ।  हिजोको युपिए सरकारभन्दा  भन्दा अहिलेको एनपिए सरकार बढी  फासिवादी छ । अहिलेको सरकार माथिबाट हवाइ आक्रमण र तलबाट ग्रेहाउन्डजसतो हत्यारो जत्था प्रयोग गरिरहेको छ । तर उनीहरूले हामीलाई सिध्याउन सक्तैनन्, हामीले पार्टीमा जुझारु  र सक्षम युवाहरू महिला तथा पुरुषहरूको आपूर्ति गरिरहेका छौँ ।

''छापामार युद्धबाट अघि बढ्ने भनेको सशस्त्र सङ्घर्ष त्याग्ने भनेको हो"  भन्ने प्रश्नको उत्तरमा कमरेड गणेशले —''होइन, कहिले पनि होइन, क्रान्ति हाम्रो बाटो हो र हामी यो नक्कली प्रजातनत्रलाई मिल्काएरै छाड्छौँ । तर हामीलाई जनता चाहिएको छ। साथसाथै बुद्धिजीवी पनि । 

कमरेड गणेशले हामीले पार्टीलाई नयाँ बनाउन खोज्दैछौँ । हामी माओवाद र कम्युनिज्मको आधारभूत वैचारिक प्रशिक्षण दिएर पढेलेखेका मान्छेहरूलाई अगाडि बढाउन चाहन्छौँ । धेरै प्रतिभाशाली विद्यार्थीहरू, विद्यार्थी गतिविधिमा सहभागी भएका छन् र उनीहरूले हाम्रो दोस्रो तहको नेतृत्वको पूर्ति गरेका छन् र तिनले अहिले माथिल्लो तहमा देखिएको नेतृत्वको खालिपनलाई भविष्यमा पूरा गर्नेछन् ।


''तपाईँहरू केही नेता बच्न सफल भए पनि  मलकानगिरीमा त्यत्रो नोक्सान भयो''  भन्ने प्रश्नको उत्तरमा कमरेड गणेशले, कमरेडहरू महान् उद्देश्यका लागि सहिद भए । हिजो के भयो भन्दा पनि हामी अब आउंदा दिनलाई हेछौँ, मलकानगिरी अविचलित र एकताबद्ध  र भविष्यमा  पनि रहीरहनेछ ।

कमरेड गणेशको अन्तर्वार्ताले भाकपा (मार्आवादी) सङ्गठन, सैन्य, नेतृत्व निर्माण र जनपरिचालनमा आउँदा दिनमा कसरी जाँदैछ भन्ने कुरा प्रस्ट पारेको छ ।


भिडियो फिचरview all