menu

ताजा समाचार

विस्थापन विरुद्ध चालिसहजार जनता प्रतिरोधमा

विद्युत् उत्पादन परियोजनाका नाममा किसानको उब्जाउ जमिन सरकारले जबर्जस्ती कब्जा गरेपछि भारतको पश्चिम बङ्गालको भङ्गर क्षेत्रका ४०,००० जनता प्रतिरोधमा निस्केका छन् ।

भारतीय सञ्चारमाध्यम अनुसार स्थानीय जनतासित अलिकति पनि सरसल्लाह र समझदारी निर्माण नगरी, पछि मुवाब्जा दिने भन्दै कब्जा गरिएको ८० बिगाह जमिनमा  परियोजना  निर्माण गर्न खोजिएको र जनताको प्रतिरोधका कारण अघि बढ्न नसकेको सो परियोजना जसरी पनि अघि बढाउन त्रिणमूल काङ्ग्रेको सरकारले प्रहरी र गुन्डा प्रयोग गरेर बस्ती खाली गराएर जमिन कब्जा गर्न थालेपछि भङ्गर, देङ्गा, राजहाटका जनता प्रतिरोधमा उत्रेका हुन् ।

भारतीय संचारमाध्यमले जानकारी दिएअनुसार जनता प्रनिरोधमा उत्रिएपछि राज्य सरकारले ‘र्यापिड एक्सन फोर्स’ का साथै गुन्डा दल पनि तैनाथ गरेको छ । घना बस्ती भएको यो क्षेत्रका जनताले सो क्षेत्र कृषि योग्य भूमि भएको, अन्य विकल्प हुँदाहुँदै पनि त्यही क्षेत्र रोजेको, सरकारले चित्तबुझ्दो विकल्प दिन नसकेको साथै वातावरणसमेत प्रदूषित हुने हुनाले परियोजना सो क्षेत्रमा नबनाउन अनुरोध गर्दै आएका छन् । परन्तु सरकारले मुठभेडको स्थिति उत्पन्न गरेर जनतामाथि  दमन गर्न थालेपछि प्रतिरोधका लागि स्थानीय जनता, वाम तथा प्रगतिशील पार्टीहरू, वातावरणप्रेमी र मानवअधिकारवादीहरू सम्मिलित ‘कमिटी फर दि प्रोटेक्सन अफ ल्यान्ड, लिभ्लिहुड एन्ड इन्भार्मेन्ट’ (‘जमिन, जनजीवीका र  वातावरण संरक्षण कमिटी’ ) निर्माण गरेका छन् ।

ब्यानर र नारासहित  जनवरी ११  मा निस्केको  प्रदर्शनमाथि सरकारले लाठी चार्ज, पानीका फोहोराको प्रयोगका साथै गोलीसमेत चलाएका कारण त्यहाँको  स्थिति तनावपूर्ण भएको र समाचार  बाहिर नजाओस र आन्दोलनले व्यापकता नपाओस् भनेर बिजुलीको लाइन काटेको कुरा पनि समाचार पत्रहरूले जनाएका छन् । राज्य सरकारले अहिले पनि सो स्थानमा कमान्डो फोर्स तैनाथ गरेको र जनप्रतिरोधको सामना गर्न नसकेपछि “नक्सली घुसपैठ” भन्दै आन्दोलनलाई हिंसात्मक बनाएर जनदमन गर्न लागिपरेको कुरा पनि  समाचारपत्रहरूले जनाएका छन् ।  

भिडियो फिचरview all