menu

ताजा समाचार

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको थियो ।

सिराज सिकदरको जन्म सन् १९४४ मा त्यतिबेरको पूर्व बङ्गालको सरियातपुर जिल्लाअन्तर्गत भैदारगन्जमा भएको थियो । पाकिस्तानको विभाजनपछि सन् १९६७ मा पुर्वी पाकिस्तानको विद्यार्थी सङ्गठनको उनी केन्द्रीय नेता भए । त्यसबेला चीनमा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलेको थियो र भारत, अझ भनौं  सिङ्गो यस क्षेत्र नक्सलवाडी किसान आन्दोलनको वसन्ते गर्जनको तरङ्गमा  थियो ।


यसै क्रममा सिराजले ८ जनवरी १९६८ मा ‘पूर्व बाङ्ला श्रमिक आन्दोलन’ नामको पार्टी स्थापना गरे । परन्तु पाकिस्तान अर्धसामन्ती तथा अर्धऔपवनिवेशिक मुलुक भएकाले यहाँका जनताको मुक्ति माओले देखाएको बाटोबाट मात्र सम्भव छ भन्ने मान्यताका साथ उनले आफ्नो नेतृत्वमा ३ जुन, १९७१ मा  भूमिगत किसिमले ‘पूर्व बाङ्गला सर्वहारा पार्टी’ को स्थापना गरे । मालेमाप्रति प्रतिबद्ध यस पार्टीले अमेरिकी साम्राज्यवाद र रुसी सामाजिक साम्राज्यवादको विरोध गर्दै जनयुद्धको कार्यदिशाबाट मात्र जनताको मुक्ति सम्भव छ भन्दै छापामार छापामार सेनाको निर्माणका साथ गतिविधिलाई अघि बढायो  ।

बंगलादेशको निर्माण भएपछि त्यहाँ भारतपरस्त शेख मुजिबुर रहमानको शासन सत्ता कायम भयो र उनले त्यसपछि ‘पूर्व बाङ्गला सर्वहारा पार्टी’का गतिविधिमाथि नियन्त्रण मात्र नगरी प्रतिबन्ध नै  लगाए । कमरेड सिराज सन् १९७५ को जनवरीको पहिलो तारिखका दिन पक्राउ परे  र २ तारिखका दिन मुजिब सरकारले उनको हत्या गर्यो  । बङ्गलादेशका क्रान्तकारीले यस जनवरी २ लाई कमरेड सिक्दर स्मृति तथा सहिद दिवसका रूपमा मनाउँदै आएका छन् ।

कमरेड सिराजको सम्झनामा ‘दि मार्टियर, रिभोलुस्नरी एन्ड प्याट्रिओट मेमोरियल संसद (MRPMS) को ब्यानरमा  गरिएको जनसभामा विभिन्न वक्ताहरूले सिराजको योगदानका विषयमा बोलेका थिए । कार्यक्रमले सभाको रूप लिनुअघि  त्यहाँका माओवादीहरूले वैधानिक गतिविधि गर्न निर्माण गरेको ‘न्यु डेमोक्रेटिक पिपुल्स फोरम (NDPF) ले मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटोअंकित ब्यानरका साथै  सिकदरको फोटा अङ्कित ब्यानरसहित जुलुस निकालेको थियो र कोण सभामा बोल्दै वक्ताले यस्तो धारणा राखेका थिए :
“४२ वर्षअघि आजकै दिन, जनवरी २१, १९७५ का दिन बाङ्गलादेशमा माओवादी आन्दोलनका प्रमुख व्यक्तित्व,  तथा ‘ पुर्बो बाङ्लार सर्वहारा पार्टी’ का संस्थापक नेता कमरेड सिराज सिकदरको हत्या गरेको थियो । त्यसपछि फासिवादी सरकारले बाङ्लादेशमा क्रान्तिकारी आनदोलनसित सक्बद्ध हरेकको हतया गरेको छ, यसले हजारौँ क्रान्तिकारीहरू र देशभक्तहरूको हत्या गरेको छ ।”


सन् १९८४ मा रिमको घोषणपत्रमा हस्ताक्षर गरेको सिकदरको ‘पूर्व बाङ्गला सर्वहारा पार्टी’ एक समय निकै प्रभावशाली पार्टी थियो । पछि विभाजित भएर यसले ११ ओटा पार्टीको रूप लिएको थियो । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, र जनयुद्धको कार्यदिशालाई आधार मान्ने यो पार्टी अहिले नाम मात्रमा  सीमित छ । बङ्लादेशमा विरोधी गतिविधि त्यसमा पनि माओवादी आन्दोलनमाथि प्रतिबन्ध लगाइएको छ ।

भिडियो फिचरview all