menu

ताजा समाचार

साठी प्रतिशत जनता माओवादीको पक्षमा

भारतको सुरक्षाका लागि माओवादीहरू प्रमुख चुनौती भए पनि उनीहरू अब कमजोर भएका र केही वर्ष टाउको उठाउन नसक्ने स्थितिमा पुगेका भनेर मन्त्रीहरूले भाषण गरिहेका र प्रहरीले पनि यस्तै दाबी गरिरहेको अवस्थामा भारतस्थित एउटा अनुसन्धान संस्थाको रिपोर्टलाई अघि सारेर भारतीय सत्ताधारी वर्गको प्रकाशन भनेर चिनिने टाइम्स अफ इन्डियाले स्थिति सरकारले सोचेजस्तो नभएर बरु उल्टो भएको, सरकारले बन्दुकले माओवादी दबाउन सके पनि जनताको मनमस्तिष्कमा रहेका माआवादीलाई भने जित्न नसकेको सत्यतथ्य अघि सारेको छ ।
 
टाइम्स अफ इन्डिया लेख्छ :
“भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती भनेर प्रधानमन्त्रीले भन्नेगरेका छन्, तर स्थिति यो भन्दा खराब हुनेवाला छ । कुरा के हो भने आन्ध्रप्रदेश जहाँ माओवादी विरुद्ध बन्दुकको लडाइँ जितियो भनिएको छ, के देखिन्छ भने सरकारले जनताको दिलदिमाग जित्ने लडाइँचाहिँ हारेको छ ।”

पत्रिकाका अनुसार माओवादी सिध्याउने नाममा तलैसम्म जनस्तरसम्म नै बन्दुकको प्रयोग गर्ने कि विकास र बेरोजगारीका योजनाहरूमार्फत जनताका समस्या हल गरेर माओवादीविरुद्धको लडाइं जित्ने भन्ने कुरामा सरकारले सोच्ने बेला आएको छ । टाइम्स अफ इन्डियाले भारतको बजार सर्वेक्षणमा चर्चित  एउटा अनुसन्धान संस्था ‘इन्डियन मार्केट रिसर्च अर्गनाइजेसन (IMRB) को हवाला दिँदे भनेको छ : “माओवादीलाई हेर्ने दृष्टिकोणका आधारमा नै तेलङ्गनाका जनताको सरकारप्रतिको धारणा निर्धारित हुन्छ ।”

आइयमआरविले तेलङ्गनाका माओवादी आन्दोलन  प्रभावित क्षेत्रहरू अदिलावाद, निजामावाद, करिमनगर, वारङ्गल र खमाममा सर्वेक्षण गरेको थियो । २५ देखि ५० वर्ष सम्मका जनतामा गरिएको सर्वेक्षणले ५६  प्रतिसशत जनता खुलेर माओवादीको पक्षमा रहेको, माओवादीहरुले वास्तवमै यस क्षेत्रको विकास गर्न दबाव सृजना गरेको बताए । माओवादीलाई दमन गरेर उनीहरूको मनबाट माओवादीप्रतिको विश्वास दिलदिमागबाट नहट्ने भनेको,  ३४ प्रतिशतले  मात्र माओवादीको विरोध गरेको  प्रतिवेदन तयार पारेको कुरा  टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

रिपोर्टमा  उल्लेख गरिएको भनाइ अघि सार्दै पत्रिकाले भनेको छ
“राज्यले भलै बन्दुकको लडाइँ जितेको हुनुसक्छ, तर लडाइँको यो खेलमा माओवादीहरू नै अघि छन् । वारङ्गल, निजामवादजस्ता जिल्लाको सर्वेक्षण पछि यी सबै कुरा प्रस्ट हुन्छन् ।”

टाइम्स  अफ इन्डिया लेख्छ :
''अहिले माओवादीका गतिविधिमा केही सुस्तता आए पनि उनीहरू पुनः सशक्तताका साथ आउन सक्छन् । उनीहरूलाई रक्तपिपासु, हत्यारा आदिका रूपमा व्यवहार गर्ने कि जनताको पक्षमा लडिरका विद्रोहीका  रूपमा भन्ने कुराले पनि निकै अर्थ राख्छ । "

सर्वेक्षण प्रतिवेदनलाई अगाडि राखेर पत्रिका अझ अगाडि लेख्छः “माओवादीहरू खराव हुन् अथवा असल,  यो आफ्नो ठाउँमा छ, , तर आन्ध्र प्रहरीले स्थितिलाई झन् खराब तुल्याएको छ ।"

सर्वेक्षणको हवाला दिँदै—माओवादीहरू हत्यारा र लुटेरा हुन् नि भनी सोधिएको प्रश्नमा दुईतिहाई जनताले यसमा विमति जनाए, आधीभन्दा बढीले माओवादीहरू यस क्षेत्रको भलाइ चाहन्छन् भने र अरूले उनीहरूको उद्देश्य राम्रो भए अँगालेको बाटो ठीक नभएको भने भनेर पत्रिकाले लेखेको छ । माओवादीलाई मन नपराउनेले पनि सरकारको भन्दा उनीहरूको व्यवहार ठीक छ भनेको कुरालाई पनि पत्रिकाले उल्लेख गरेको छ ।

प्रतिवेदनको निष्कर्षलाई अघि सार्दै टाइम्स अफ इन्डिया लेख्छ :

•    “निचोडमा पुग्दा एउटा अचम्मको कुरा के छ भने माओवादीहरूले गरेको हत्याभन्दा सरकारले गरेको हत्याप्रति जनता बढी  कठोर छन् र  सरकारले मुठभेड भनेको कुराप्रति जनतामा अलिकति पनि  विश्वास छैन ।”

•    “सरकारले भन्नसक्छ, माओवादीहरू भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती हुन्, यसमा भन्ने उसित केही आधार पनि होलान् , तर जनमतले भन्छ भने आमजनताले के भन्छन् भने, यस मामलामा सरकारी अरुचि नै उसको भलाइको सबैभन्दा ठूलो चुनौती हो ।”

भिडियो फिचरview all