menu

ताजा समाचार

माओवादीलाई सघाएको भन्दै अर्का वकिल पक्राउ

झण्डा बोक्नेभन्दा कलम बोक्ने माओवादीहरू बढी खतरनाक छन् भनेर भारतीय प्रतिक्रियावादले बौद्धिक क्षेत्रमाथि दमन गरिरहेको अवस्थामा अहिले फेरि माओवादीलाई समर्थन गरेको आरोपमा तमिलनाडुको मदुराईमा अधिवक्ता ए. मुरुगन पक्राउमा परेका छन् ।

भारतको तमिलनाडु राज्यअन्तर्गत थोनी जिल्लाका ए मरुगन १० वर्षदेखि वकिल पेशामा छन् र मदुरार्इमा बसेर उनले उत्पीडित र निसहाय जनताका मुद्धा हेर्दैआएका छन् । समाचारपत्रहरूका अनुसार उनको बढी परिचय ‘नक्सलीहरूको मुद्दा हेर्ने’ वकिलका रूपमा रहेको छ ।
सञ्चार माध्यमअनुसार उनले २००७ देखि प्रहरीले  खतरनाक नक्सली भनेर जेलमा राखेका स्थानीय माओवादी नेता तथा कार्यकर्ताहरू चन्द्रा (४५) र जानकी (५२) लगायत स्थानीय नेता मुरुगामको मुद्दाको बहसपैरवी गरिरहेका छन् र उनलाई यी मुद्दाबाट पछि हट्न प्रहरीले वारम्वार दबाब दिँदैआएको छ । यी मुद्दाको फैसलाको चरणमा हुने बहसपैरवी वञ्चित गर्न अहिले ए मरुगनलाई माओवादीको पक्षमा प्रचारप्रसार गरेको र माओवादी साहित्य घरमा राखेको भनेर अभियोग लगाएर  राती घर घेरेर पक्राउ गरिएको छ र उनको मोबाइल लगायत मुद्धाका सबै मिसिलहरू तथा प्रमाणहरू  जफ्त गरिएको छ ।


यसैबीच एउटा फ्लाइओभर निर्माण कम्पनीसित सम्बद्ध कार्यक्रममा सहभागी भएको र जुलुसमा भारतीय झण्डा च्यातेको भन्ने आरोप लगाएर सन् २०१६ को जुलाईमा सलेमन केन्द्रीय जेलमा राखिएका सामाजिक कायकर्ता पियुस मानुसलाई जमानतमा छोडिएको छ । उनले पत्रकार सम्मेलन गर्दै आफूलाई ३० जना प्रहरीले अमानवीय यातना दिएको, आफूलाई पछिका दिनमा सरकारका विरद्ध नलेख्न र नबोल्न चेतावनी दिएको भन्दे उनले जेलमा दिइएको यातनाको  फुटेजहरू सार्वजनिक गरेका छन् ।

भिडियो फिचरview all