menu

ताजा समाचार

कार्कीविरुद्धको महाअभियोगको पक्षमा क्रान्तिकारी माओवादी

काठमाडौँ, कार्तिक ७ । नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।

माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आइतबार विज्ञप्ति जारी गर्दै लोकमानको विरूद्ध संसदमा पेश भएको महाअभियोगको पक्षमा रहेको जनाइएको छ ।

“हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछ”, विज्ञप्तिमा भनिएको छ, "सरकार तथा सत्ता र सरकारी सेवामा रही आएका गैरजिम्मेवार र गलत तत्वहरुबाट भ्रष्टाचार, वेदखली तथा पदको दुरुपायोग हुँदै आएको कुरा जगजाहेर नै छ । यसै प्रक्रियामा अहिले अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसदमा महाभियोगको प्रस्ताव पेश गरिएको छ । ठीक यहींनिर अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्तको नियुक्तिकै समयमा जनताको ठूलो हिस्साद्वारा गरिएको विरोधमाथि तात्कालिक सरकार तथा प्रमुख राजनीतिक दलहरुद्वारा गरिएको उपेक्षा पनि विशेष स्मरणीय छ ।"

सत्तारुढ र प्रतिपक्ष शक्तिहरुका स्वार्थ मिल्ने र बाझिनेजस्ता कारणहरुले पनि काम गरेको कुरा उल्लेखनीय रहेको विज्ञप्तिमा भनिएको छ ।

भिडियो फिचरview all