menu

ताजा समाचार

स्वाभिमानको सङ्कट

नन्दीश अधिकारी
सत् बन्दनामा झन्झन् एक्लिँदैएक्लिँदै बस्नु परे पनि
काँधमा कोदाली हालेर अटैअट हिँडनुको मज्जा तिमीलाई के थाहा ?
दिन घर्किंदैजाँदा झन्झन् पोटुकी कस्नु परे पनि
शिरमा सगरमाथा उचालेर हिँडनुको मज्जा तिमीलाई के थाहा ?
तिमी मुखियाको बेठीमा पोटुका फुकाएर दोपहरे थापीरहू
तिमी बेठीको पञ्चैबाजामा धौ फुकाएर कम्मर भाँचीभाँची नाचीरहू
तिमी मुखियाका झुलेमालेको पुच्छर निमोठेर दाँदेमा चढी हुर्रा लगाईरहू
मैले त खलेगरो मुखियाकै हो भनी स्वीकार गरेको पनि छुइनँ ।

मैले कसैका मासका झ्याम्टा टेकेर आली भत्काउँदै हिँडेको पनि छुइनँ
मैले असारसाउनका बेला रोपो बिगार्दै र पाँजा उखेल्दै हिँडेको पनि छुइनँ
मलाई थाहा छ मेरै बाजेको पाखुरी बजारिएर बनेको थियो खलेगरो
मैले अझै खलेगरोमा नाच्न पाइने तिम्रो प्रस्ताव स्वीकार गरेको पन%F छैन
मलाई बडोदराबाट ल्याएको गुजराँती भैँसीको दुधसँग भुजा ज्युनार गर्ने रहर पनि छैन
मलाई मेरै चौँरी भए पुगेको छ, मेरै अर्नाको ठेक्पा भए पुगेको छ
मलाई भेडीगोठ र खर्क नै पनि चोरी हुने चिन्ताले सताइरहन्छ
मलाई मेरै अर्नाले सिँगौरी खेल्ने फाँट पनि उजाडिने त्रासले सताइरहन्छ ।


उद्योगको, कलकारखानाको,
भिडियो फिचरview all