menu

ताजा समाचार

तीन पार्टीको सुर्खेत जनसभा

नेपालमाथि भारतीय हस्तक्षेप खास गरेर जलस्रोतको क्षेत्रमा भएको हस्तक्षेपका विरुद्ध कार्यगत एकता गरेका  तीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज सुर्खेतमा जनसभा सम्पन्न गरेका छन् l

नेपालमाथि भारतीय हस्तक्षेप खास गरेर जलस्रोतको क्षेत्रमा भएको हस्तक्षेपका विरुद्ध कार्यगत एकता गरेका  तीनपार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज सुर्खेतमा विशाल जनसभा सम्पन्न गरेका छन् l

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क नेता एटमको सभापतित्त्वमा भएको सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) का स्थायी समिति सदस्य कमरेड हरिभक्त कंडेल 'प्रतीक', नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क स्थायी सदस्य हेमन्तप्रकाश ओली र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का नेता भैरव रेग्मीले भारतीय विस्तारवाद र नेपालका सत्ताधारी दलालहरूले कसरी मुलुकको जलस्रोत भारतीयलाई बुझाएका छन् भनेर प्रकाश पार्नुका साथै अपर  कर्णाली कुनै पनि हालतमा भारतलाई जिम्मा लगाउन नदिने प्रतिवद्धता जाहेर गरे l

कार्यक्रम सुरु हुनुअघि जुलुसले राष्ट्रघाती सम्झौता खारेज गर, संसदीय दलाल व्यवस्था मुर्दावाद आदि नारा लगाएको थियो l  
पुस २९ सम्मका लागि कार्यक्रम तय भए अनुसार पुस २५ मा संखुवासभामा र पुस २९ मा बिराटनगरमा कार्यक्रमहरू हुनेछन l संखुवासभाको कार्यक्रम अरुण परियोजनामा केन्द्रित हुने र बिराटनगरको कार्यक्रम भारतले जबर्जस्ति राखेको कन्सुलर कार्यक्रम हटाउने कार्यमा  केन्द्रित हुने कुरा पनि आयोजकले बताएका छन् l
भिडियो फिचरview all