menu

ताजा समाचार

तीन जना कलाकारसहित ११ जना जमानतमा रिहा

माओवादीसित सम्बन्ध राखेको नाममा जेलमा राखिएका कबिर कला मंचका ३ जना कलाकारसहित माओवादीको आरोप लागेका अन्य कार्यकार्तालाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहाइ गरेको छ l

 कबिरकला मंच भारतको पुणेस्थित जनसांस्कृतिक संस्था हो l उनीहरूलाई आतंकवाद निरोधक दस्ता (एटीएस) ले पक्राउ गरी मुद्दा चलाएको थियो l यसरी जमानतमा रिहाइ हुनेहरूमा महाराष्ट्र प्रहरीले  माओवादी भनेर मुद्दा चलाएका सचिन माली, रमेश गैचोर, सागर गोर्खे र  उनकी श्रीमती ज्योति जगताप र रूपाली जाधव रहेका छन् l

 त्यसैगरी गत मे मा सुप्रिम कोर्टले कबिर कला मंचका कलाकारसहित सन् २०११ मा पक्राउ परेका माओवादी नेता एन्जेला सोंताकेलाई पनि जमानतमा रिहाइ गरेको थियो l एन्जेला सोंताके माओवादी नेता मिलिंद तेल्तुम्देकी जीवनसाथी हुन् l एन्जेला सोंताके माओवादी पार्टीकी गोल्डन कॉरिडोर समितिकी सदस्य हुन् र संगठनकर्ता हुन् भनेर उनीमाथि मुद्धा चलाइएको थियो  l ''यी कलाकारहरू माओवादीसित जोडिएका भए पनि यिनले कुनै अपराधी तथा हिंसात्मक गतिबिधि गरेको नपाइएकाले जमानातमा छोड्नु उचित हुने" भनेर  भनिएको छ l यसरी कलाकार सहित सन् २०११ मा जेलमा राखिएका ११ जनाले नै जमानत पाएका छन् l

सन् २०११ मा आतंकवाद निरोधक दस्ता (एटीएस) ले एन्जिलालाई  ठाणेबाट  र अरू ६ जना सुषमा रामटेके, अनुराधा सोनुले, मयुरी भगतलाई  चंद्रपुरबाट अरू तीन जनालाई  पुणेबाट पक्राउ  गरेको थियो र   सबैलाई  गैरकानूनी गतिविधि निरोधक अधिनियम (यूएपीए) अन्तर्गत मुद्दा  दर्ता गरिएको थियो l यिनीहरूलाई माओवादी नेता मिलिन्द्सित मिलेर सशस्त्र संघर्षमा भाग लिएको अभियोग लागाइएको थियो l
भिडियो फिचरview all