menu

ताजा समाचार

भारतीय माओवादी आक्रामक मुद्रामा

आन्ध्र उडिसा, र छत्तिसगढमा शक्तिकेन्द्रित गरेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का गतिविधि रोक्न उनीहरूलाई सहर पस्न रोक्न र गाउँमै खुम्च्याउन गरिएका अनेक प्रयासहरूलाई चिर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवार्दी ले सहरी क्षेत्रमा पनि व्यापक प्रभाव विस्तार गरिरहेको  छ र भारतीय फासिवादले पछिल्ला दिनमा बौद्धिक क्षेत्रमाथि निगरानी तीव्र पारेको छ ।  जतिसुकै दमन तीव्र भए पनि भारतीय माओवादी पार्टीले पश्चिमघाट क्षेत्र ( केरला–महाराष्ट्र) मा आफ्नो शक्ति सुदृढ पार्दै लगेको छ । सो क्षेत्रका नेताद्वय कमरेड कुप्पु देवराज र कमरेड अजिथाको हत्यापछि माओवादीको ढाड भाँचियो भनेर घोषणा गरेको  बेला  पलक्कड जिल्लामा माओवादीले १२० एकड जमिन कब्जा गरेर झन्डा गाडेर आदिवासी  जनतालाई बाँडेपछि प्रहरी प्रशासन मात्र नभई त्यस क्षेत्रका संसदवादी नेताहरूसमेत पलक्कड जिला माओवादीको किल्ला बनेको भनेर बोल्न बाध्य भएका छन् ।

प्रहरीप्रशासनले एक जना पक्राउ प¥यो भने ५ जना पक्राउ परेको भन्ने, सर्वसाधारण जनतालाई समातेर कागज गराउने र माओवादीहरूले आत्मसमर्पण गरेको भन्ने, आफ्नो कमजोरी देखिन्छ भनेर  माओवादीले गरेका जनकारबाहीहरूका समाचार प्रकाशमा लाउन रोक्ने गरेको समयमा माओ दिवसको सेरोफेरो यता मात्र माओवादीले थुप्रै जनकारबाहीहरू सम्पन्न गरेका छन् । यसै क्रममा इँटा भट्टामा काम गर्ने मजदुरको शोषण गरेको भनी इँटा भट्टाको मालिकको घरमा सिलिन्डर बम राखेको, सर्वसाधारण जनताले ब्याङ्कमा राख्न लगेको पैसा माओवादीको भनेर कब्जा गरी उल्टै उसलाई हिरासतमा राखेको घटनालाई लिएर माओवादी छापामारहरूले  ब्याङ्क  नै कब्जा गरेको घटनाहरू पत्रपत्रिकाले सार्वजनिक गरेका छन् ।

भिडियो फिचरview all