menu

ताजा समाचार

मार्क्सवादी समालोचनाका तीन पुस्तक

यताका वर्षहरू मूलतः ममता झा साझा प्रकाशनको महाप्रवन्धक भएपछि पुस्तक प्रकाशनमा पुस्तकको गुणस्तर भन्दा पार्टी सिफारिस तथा आर्थिक लेनदेन हाबी भएका कारण स्तरका दृष्टिले साझा प्रकाशनबाट प्रकाशित पुस्तक भन्न पनि नसुहाउने किसिमका पुस्तकहरू छापिएका थिए, अनी  अहिलेको महप्रवन्धकले  पनि गुणस्तरको निर्बाहमा ममता झाको भन्दा खासै फरक अनुभूति दिलाउन नसकेको भनी पाठक तथा सेयरहोल्डरहरूबीच टीका-टिप्पणी भइरहेको अवस्थामा  साझा प्रकाशनले  नेपाली समालोचनाका क्षेत्रमा स्थापित समालोचकहरू डा. ऋषिराज बरालको मार्क्सवाद र सबाल्टर्न अध्ययन,  निुन चापागाईँको पूर्ववाद र सइदेली विचार र डा. ताराकान्त पाण्डेयको मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र शीर्षकका समालोचनात्मक ग्रन्थहरू प्रकाशित गरेको छ ।

यी तिनै पात्रहरू मार्क्सवादी साहित्य तथा समालोचनाको क्षेत्रमा परिचित र स्थापित पात्रहरू हुन् । डा. ऋषिराज बराल विश्वविद्यालयका सेवा छोडेर जनयुद्धमा होमिएका पात्र हुन् । बराल आख्यानकार र  सौन्दर्य चिन्तकका रूपमा स्थापित स्रष्टा हुन् । निनु एकीकृत नेपाल कम्युनिस्ट पार्टी  (माओवादीकेन्द) बाट सेवानिवृत्त पोलिटब्युरो सदस्य तथा 'नेपाल प्रज्ञा प्रतिष्ठान' का आजीवन भत्तावाल सदस्य हुन् । ताराकान्त पाण्डे त्रिवि नेपाली विभागका प्राध्यापक हुन् । यी समालोचकत्रयका पुस्तकहरू करिबकरिब एकैसाथ बजारमा आएका छन् । यी सबै पुस्तकको समग्र परिचय, व्याख्याविवरण यहाँ सम्भव नभए पनि यी पुस्तकहरूमा के-कस्ता विषयहरू समाविष्ट गरिएका रहेछन् भन्ने जानकारी दिनु चाहिँ उपयुक्त नै हुन्छ ।

डा.ऋषिराज बराल : मार्क्सवाद र सबाल्टर्न अध्ययन

यसमा समाविष्ट सामग्रीहरू :

परिचय : बौद्धिक स्खलनका विरुद्ध
खण्ड : १
१. मार्क्सवाद , ‘मार्क्सवादहरू’ र ‘सांस्कृतिक अध्ययन’
२. एडवार्ड सइद, ‘प्राच्यवाद’ र वैचारिक बहस
३. मार्क्सवाद, ग्राम्सी र ‘सांस्कृतिक प्रभुत्व’ को धारणा
४. मार्क्सवाद र ‘उत्तर–उत्तरआधुनिकतावाद’
५. वर्ग, इतिहास चेतना र ‘सबाल्टर्न अध्ययन’
६. मार्क्सवाद, इतिहासको मूल्याङ्कन र केही जटिल प्रश्नहरू

खण्ड :२
१. समाज, सामाजिक रूपान्तरण र स्रष्टाहरू
२. ‘उत्तर’ अवधारणा, नेपाली समाज र सङ्घर्ष

खण्ड :३
१. देवकोटाको विचारयात्रा र तासकन्द संभाषण
२. देवकोटामा विद्रोहचेतना स् मूल्य निरूपणको प्रयास
३. समकालीनताबोध र पूर्ण विरामका कविताहरू
४. वैचारिक आलोकमा विकलको साहित्यिक यात्रा
५. साहित्यकार बद्रीनारायण प्रधान र मौली उपन्यास

खण्ड : ४
५. कवितालेखनका समकालीन चुनौतीहरू
६.समकालीन नेपाली उपन्यास स् समीक्षा र संश्लेषण

निनु चापागाईँ : पूर्ववाद र सइदेली विचार

यसमा समाविष्ट सामग्रीहरू :
१. उत्तरआधुनिकताको दार्शनिकता
२. सबाल्टर्न अध्ययन : एक विवेचना
३. ग्राम्सी र साहित्यसम्बन्धी उनको विचार
४. अन्तर्वस्तु र रूपको अन्तःसम्बन्ध र द्वन्द्वात्मकता
५. उत्तरआधुनिकतावाद र सांस्कृतिक अध्ययन
६. समाजरूपान्तरणमा समर्पित क्रान्तिकारी कवि किसान
७. उत्तरआधुनिकतावाद : सङ्क्षिप्त चर्चा
८. पूर्ववाद र सइदेली विचार
९. साम्राज्यवादको सांस्कृतिक र आर्थिक आक्रमण
१०. नेपालका सन्दर्भमा लु सुन
११. तीन प्रतिभाशाली कविहरू
१२. चलचित्रको राष्ट्रिय चरित्र

डा. ताराकान्त पाण्डेय : मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र

यसमा समाविष्ट सामग्रीहरू :
१. कविताको समाजशास्त्र
२. विश्वदृष्टिका परिप्रेक्ष्यमा ‘छापामारको छोरो’ कथाको समाजशास्त्र
३. अनुभूतिको संरचनाका परिप्रेक्ष्यमा ‘बसाइँ’ उपन्यासको समाजशास्त्र
४ संस्कृति, सांस्कृतिक अध्ययन र मार्क्सवाद
५. ‘साल्गीको बलात्कृत आँसु’ कथाको बहुसाँस्कृतिक  अध्ययन
६. अन्त्यको दर्शन : उत्तरआधुनिकताको दार्शनिक पीठिका
७. संज्ञान,  प्रत्यक्षीकरण एवं कलात्मक प्रतिविम्बन
८. मार्क्सवाद, उत्तरमार्क्सवाद र उत्तरआधुनिकतावाद : सन्दर्भ समकालीन कलाचिन्तन
 ९. साहित्यको इतिहासलेखन : पद्धति र प्रक्रिया
१०. इतिहासविखण्डनका चुनौती र मार्क्सवादी समालोचनाको सङ्घर्ष
११. कविताको विम्बको स्वरूप र सत्ता
१२. सौन्दर्यचिन्तन तथा समालोचनामा जनयुद्धको प्रभाव
१३. राष्ट्रिय चिन्तनको विकासमा लक्ष्मीप्रसाद देवकोटाको योगदान
१४, इच्छुकको कविताको संरचनात्मक मूल्य
१५. विरोधाभास र विडम्बनाका कथाकार गोठाले
१६. क्रान्तिचेतनाका सन्दर्भमा ‘नरसिंह अवतार’  काव्यको द्वन्द्वविधान

सरसरती हेर्दा तीनै जना समालोचको मूल चासो एउटै छ । ‘उत्तरवादी’ धारण कसरी दर्शन, साहित्य तथा राजनीतिमा हाबी भएर जनविरोधी-समाजविरोधी चिन्तनको प्रवाह गरिरहेको छ ।  यसका विरुद्ध सशक्त वैचारिक सङ्घर्ष आवश्यक छ र यो कार्य मार्क्सवादको धरातलमा उभिएर मात्रै गर्न सकिन्छ भन्ने निष्कर्ष समालोचकहरूको छ ।

मार्क्सवाद र वर्गसङ्घर्ष सम्बन्धी धारणामा यी तीन समालोचकहरूबीच केही भिन्नता पनि छ । डा.  बरालको चिन्तनमा पाइने वैचारिक प्रखरता अन्य दुई समालोचकमा पाइंदैन । खासगरेर निुनुमा साहित्य र राजनीतिबीचको अन्तर्सम्बन्ध तथा रूप र अन्तर्वस्तुको द्वन्द्वात्मकतालाई बुझ्ने  कुरामा केही समस्या  रहेका  छन् र पाण्डेयको लेखनमा ‘प्राज्ञिक मार्क्सवाद’ को गन्ध भेटिन्छ । र पनि यी तीनैजना मार्क्सवादी  कित्ताभित्रकै समालोचक हुन् भनेर भन्न सकिन्छ ।

 साझा प्रकाशनले प्रकाशित गरेको यी महत्त्वपूर्ण कृतिहरूले अन्य गुणस्तरवीहिन कृतिको क्षतिपूर्ति गरेको कुरामा विवाद छैन ।

भिडियो फिचरview all