menu

ताजा समाचार

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ ।

आजभन्दा ४८ वर्ष पहिले २६ डिसेम्बर १९६८ मा फिलिपिन्स कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । माओ दिवससमेतको सन्दर्भ पारेर जारी ‘राष्ट्रिय जनवादी क्रान्तिलाई अन्तिम बिन्दुसम्म पुर्याउन पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याऔँ” शीर्षकको सो आह्वानमा पार्टीको स्थापनादेखि हालसम्मको यसको सङ्घर्षशील इतिहास,  यसले व्यहोर्नु परेका विविध समस्या, मालेमाको आवश्यकता, महत्त्व तथा फौजी कारबाही र जनसेनाको गरिमामय भूमिकाको चर्चा गरिएको छ ।  वक्तव्यमा साम्राज्यवादीहरू आर्थिक–राजनीतिक सङ्कटको स्थितिबाट गुज्रेको स्थितिमा क्रान्तिकारी व्यवहारलाई अघि बढाएर छिटै राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने प्रतिबद्धताका साथ क्रान्तिकारी आशावाद जाहेर गरिएको छ ।

 फिालिपिन्स अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिमा रहेको र मार्क्सवाद-लेनिनवाद-माओवादको बाटो हिँडेर मात्र यो लक्ष प्राप्त हुने हुनाले यसलाई दरोसँग आत्मसात गर्न पनि वक्तव्यमा जोड दिइएको छ । यताका दिनमा पार्टीले देशव्यापी रूपमा आफूलाई  सुदृढ गरेको छ र हामी क्रान्तिको सन्निकट पुगेका छौं, यो मालेमालाई हाम्रो देशमा सही किसिमले लागू गरेर नै सम्भव भएको हो भनेर पनि  वक्तव्यमा भनिएको छ ।
 
पार्टीले पार्टी सदस्यका योग्यताका साथै बढीभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई जनसेनामा भर्ति हुन पनि आह्वान गरेको छ र आफूलाई वामपन्थी भन्ने राष्ट्रपति रोद्रिगो दुतेर्तेलाई साम्राज्यवादको सेवा होइन, जनताको सेवामा समर्पित हुन र साम्राज्यवादको आडभरोसामा मुलुकमा रक्तपात नमच्चाउन पनि चुनौती दिएको छ । अहिलेको समय दुतेर्तेका लागि जनताको सेवामा लाग्ने कि साम्रज्यवादको सेवामा लाग्ने भनेर चयन गर्ने समय भनेर पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

स्मरण रहोस्, फिलिपिन्ससित अमेरिकाको सैन्य सम्झौता छ र पछिल्ला दिनमा अमेरिकासित दुतेर्ते सरकारको सम्बन्ध तनावपूर्ण रहेको छ र गत नोभेम्बरमा फिलिपिन्स कम्युनिस्ट पार्टीसित युद्धविराम गरी शान्तिवार्ता चलिरहेको छ । यो विषयलाई अमेरिकाले मन पराएको छैन । फिलिपिन्ससित जोडिएको मिन्डानाओ टापुका सन्दर्भमा चीन-अमेरिकाबीच पनि एक किसिमको शीतयुद्ध चलेको स्थिति छ ।

वक्तव्यको पूर्ण पाठको सारांश यस प्रकार छ ।  


भिडियो फिचरview all