menu

ताजा समाचार

माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई  माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो भिडन्तमा अपरिचित नक्सली मारिएको” भनेर वक्तव्य दिएको घटनाले त्यस क्षेत्रमा मानवअधिकारवादी लगायत जनस्तरबाटसमेत व्यापक विरोध भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले आदिवासी क्षेत्रस्थित  बहुराष्ट्रिय कम्पनीका  ७०  ओटा ट्रकहरूमा आगो लगाइदिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रको गाडचिरोली जिल्लाको सुरजपुरमा हिजो अर्थात् यही २४ तारिखका दिन बहुराष्ट्रिय कम्पनी ल्वायड मेटल्स एन्ड इनर्जी कम्पनीसित सम्बद्ध ७०  ओटा जति गाडीहरू माओवादी छापामारहरूले जलाइदिएका छन् । सो क्षेत्रमा सो खानीले बनजङ्गल अतिक्रमण गरेको, आदिवासीहरूलाई  विस्थापन गरेको, प्रदूषण फैलाएको र खानी सुरक्षाका नाममा प्रहरी गतिविधि बढाएकाले त्यहाँबाट सो फलाम खानी हटाउनुपर्छ भनेर स्थानीय जनता तथा माओवादीहरूले विरोधका विभिन्न कार्यक्रमहरू गर्दैआएका छन् ।

प्रहरीले ३५ ओटा ट्रक भभने  पनि ७ ० ओटा ट्रकमा नोक्सान पुगेको कुरा सम्बद्ध पक्षले जानकारी गराएको छ ।
 
रातको समय भएको र माओवादीले माइन बिछ्याएको हुनसक्ने भएकाले आफूहरू घटनाका बेला त्यहाँ जान नसकेको कुरा प्रहरीले जनाएको छ । प्रहरीले माओवादीहरू छत्तीसगढको नारायनपुरबाट त्यहाँ आएको हुनसक्ने भनेको छ । घटनास्थलबाट प्रहरी कार्यालय ५ किलोमिटरको दुरीमा रहेको कुरा पनि समाचारमा उल्लेख छ ।

यसैबीच जिल्लामा भएका आदिवासीहरूमाथि भएको दमन तथा र माओवादीहरूमाथि भएको  निरन्तर हत्यालगायतका मुद्दाहरूलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले  २५ डिसेम्बर अर्थात् आजदेखि ३ जनवरीसम्म जिल्ला बन्दको घोषणा गरेको छ ।

भिडियो फिचरview all